भरतपुर । दीपज्योति अभिवृद्धि बचत तथा ऋण सहकारी संस्थाको २६ औं स्थापना दिवस तथा रजत वर्ष कार्यक्रम शनिबार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रमको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले आफूहरुले यही संस्थाबाट सिकेर सहकारी स्थापना गरेको भन्दै आफूले गुरु संस्थाको रुपमा दीपज्योतिलाई लिएको बताउनुभयो । दीपज्योतिको प्रगतिप्रति खुशी प्रकट गर्दै कँडेलले एकीकरण र नयाँ सदस्य थप गरी ठूलो संस्थाको रुपमा विकास गर्न सुझाव दिनुभयो ।
सरकारले सहकारीलाई उच्च प्राथमिकतामा राखेको भन्दै उहाँले सहकारी अभियानमा महिलाहरुको भूमिका पनि महत्त्वपूर्ण रहेको बताउनुभयो । हाल देशभर रहेका ३५ हजार सहकारी मध्ये ४ हजार १ सय सहकारीमा महिला मात्रै सदस्य भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नेफ्स्कुनका उपाध्यक्ष शान्ती अधिकारी, प्रदेश बचत तथा ऋण सहकारी संघ लि. वाग्मती प्रदेशका सञ्चालक तेजेन्द्रबहादुर खड्का, जिल्ला बचत तथा ऋण सहकारी संस्था चितवनका अध्यक्ष हरिश्चन्द्र सुवेदी, जिल्ला सहकारी संघ चितवनका सञ्चालक भक्तिराम अधिकारी, अथर्व साकोसका अध्यक्ष विजया लम्साल, समझदारी साकोसका उपाध्यक्ष खेमलाल सुवेदी, मुक्तिनगर टोल विकास संस्थाका अध्यक्ष ओबिदत्त पराजुली, संस्थाका संरक्षक डा. टिकानिधि ढकाल, संस्थाका उपाध्यक्ष तुलसीराम आचार्य लगायतले बोल्नु भएको थियो ।
संस्थाका अध्यक्ष भोला शिवाकोटीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत उमेश पौडेलले संस्थाको गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि कँडेलले रजत स्तम्भको अनावरण र संस्थाको भवनलाई दीपज्योति भवन नामाकरण गर्नुभएको थियो ।
कार्यक्रमस्थलमा रक्तदान कार्यक्रमकोसमेत आयोजना गरिएको थियो । संस्थाका सहसचिव शिव ढकालको संयोजकत्वमा भएको रक्तदानमा ३६ जनाले रक्तदान गरेका थिए । सोही अवसरमा असल बचत, असल ऋणी, जेष्ठ सदस्य, सक्रिय सदस्य, पूर्व सञ्चालक, गत वर्षको एसईई परीक्षामा उच्च अंक ल्याउने सदस्यको परिवार, विद्यावारिधि उपाधी हासिल गर्ने व्यक्ति र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
भरतपुर महानगरपालिका वडा नं. १० मा रहेको अभिबृद्धि र भरतपुर ११ मा रहेको गौरवमय सहकारीसँग एकीकरणपछि दीपज्योति अभिवृद्धि बनेको हो । सहकारीमा हाल ३ हजार ८ सय सदस्य रहेका छन् । माघ महिनामा मात्रै झण्डै दुई सय नयाँ सदस्य थपिएको संस्थाका सचिव नारायणप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
शनिबार मात्रै कार्यक्रम स्थलमा ७५ जना नयाँ सदस्य थपिएका थिए । वि.सं. २०५१ सालमा स्थापना भएको यस सहकारीको शेयर पूँजी रु. ५ करोड रहेको छ भने लगानी रु.३४ करोड र बचत ३४ करोड ५० लाख रहेको छ । संस्थाको कूल पूँजी ४४ करोड रहेको छ ।
भरतपुर महानगरपालिका वडा नं.११ मा मुख्य कार्यालय रहेको सहकारीको भरतपुर र रत्ननगरमा सेवा केन्द्रहरु रहेका छन् । भरतपुर महानगरपालिका वडा नं. १ देखि १२ सम्म, महानगरकै १४, १५, १६ र २९ वडासँगै रत्ननगरको वडा नं. १ देखि १३ सम्म र ईच्छाकामनाको वडा नं. ७ सहकारीको कार्यक्षेत्रभित्र रहेको कोषाध्यक्ष नवराज मरहठ्ठाले जानकारी दिनुभयो ।