सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नौ अङ्कले घट्यो नेप्से


  •    न्युजभित्तो/८ माघ २०८२, बुधबार १५:४१ 
  • काठमाडौँ, ७ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अङ्कले घटेर दुई हजार ७०५ दशमलव ३८ को बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको दुई करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८९ हजार ७६६ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ दशमलव ९९ को कारोबार भएको नेप्सेले जनाएको छ ।

    अन्य समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ५९, वित्त एक दशमलव ६७, होटल तथा पर्यटन एक दशमलव ८८ र जलविद्युत् समूह शून्य दशमलव शून्य तीन प्रतिशतले घटेको छ । 

    त्यस्तै लगानी शून्य दशमलव ६४, जीवन बिमा शून्य दशमलव ३६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव २६, म्युचुअल फण्ड शून्य दशमलव ६५, निर्जीवन बिमा शून्य दशमलव ३० र व्यापार समूह एक दशमलव २१ प्रतिशतले घटेको छ ।

    कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ८४ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी आखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ४३ करोड ३६ लाख ३६ हजार ४१३ बराबरको १८ लाख ८० हजार ४५४ कित्ता शेयर किनबेच भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.