सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजनीति, धर्मनीतिको उद्देश्य समाजमा शान्ति स्थापना गर्नु : पूर्व अर्थमन्त्री पाण्डे


  •    न्युजभित्तो/११ माघ २०७६, शनिबार २२:०३ 
  • भरतपुर । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालद्वारा आयोजित श्रीमद्भागवत महापुराण तथा धनधान्याचल ज्ञान महायज्ञको शनिबार पूर्व अर्थमन्त्री तथा साँसद सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । भरतपुर–६, इन्द्रपुरीमा रहेको प्रतिष्ठानको कुल मन्दिरमा शुरु भएको महायज्ञको उद्घाटन गर्दै पाण्डेले राजनीति, धर्मनीति जसरी व्याख्या गरेपनि यिनीहरुको उद्देश्य समाजमा शान्ति स्थापना गर्नुनै रहेको बताउनुभयो ।

    भाइचाराको सम्बन्धलाई सुमधुर बनाउनका लागि भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालद्वारा महायज्ञ लगाइनु राम्रो भएको पाण्डेको भनाइ छ । समाजलाई अग्रगामी बाटोतर्फ लैजान र समृद्ध नेपाल बनाउन भारद्वाज गोत्रीय पोखरेलहरुले अनुकरणीय कार्य गरेको पाण्डेको भनाइ छ ।

    सो महायज्ञको उद्घाटन कार्यक्रममा महायज्ञका प्रमुख वाचन प्रवीण दीनबन्धु पोखरेलले आफूभित्र भएको उर्जा उजागर गर्ने काम भागवतले गर्ने बताउनुभयो । कार्यक्रममा भारद्वाज ऋषिको बारेमा प्राडा गुरुप्रसाद सुवेदी, प्राडा गोविन्द पोखरेललगायतले प्रकाश पार्नुभएको थियो । त्यस अवसरमा भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानलाई भवन निर्माणका लागि भूमि उपलब्ध गराउने स्वर्गीय चुडामणि पोखरेलको परिवारलाई सम्मान समेत गरिएको थियो ।

    महायज्ञ उद्घाटन पूर्व महायज्ञ स्थलबाट कलश यात्रा शुरु भएर चोकबजार, तुलसीचोक हुँदै महायज्ञ स्थलमा आएर सम्पन भएको थियो । कलशयात्रामा पन्चकन्या, विभिन्न महिला समुह, टोल विकास संस्था, भजन मण्डली, पञ्चेबाजा, सहिद स्मृति माध्यामिक विद्यालयका स्काउटका विद्यार्थीहरु, समाजजसेवी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । शनिबारदेखि शुरुभएको महायज्ञ माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।

    महायज्ञबाट तीन करोड रुपैयाँ आर्थिक संकलन हुने महायज्ञ आर्थिक व्यवस्थापन समितिका संयोजक भीमप्रसाद पोखरेलले बताउनुभयो । देवघाटमा प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माणसहित भारद्वाज ऋषिको आश्रम र धार्मिक पुस्तकालय निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । यसैगरी एम्बुलेन्स सञ्चालन, वंशावली निर्माण, टेलिफोन डायरी प्रकाशन र विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि अक्षय कोष स्थापना गरिने पनि संयोजक पोखरेलले जानकारी दिनुभयो ।

    प्रवीण दीनबन्धु पोखरेलबाट कथा वाचन हुने महायज्ञमा तुलादान, भूमिदान, ब्रतबन्ध, विवाह, चौरासी पूजा र ग्रहशान्तिसमेत गर्न सकिने उपाध्यक्ष शान्तप्रसाद पोखरेलले जानकारी दिनुभयो । महायज्ञको उपवाचकको रुपमा आचार्य दुर्गाप्रसाद पोखरेल रहनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.