सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैँडाकोट महोत्सवको तयारी ९० प्रतिशत पूरा


  •    न्युजभित्तो/११ माघ २०७६, शनिबार २१:४४ 
  • गैंडाकोट । आगामी माघ १५ देखि नारायणी नदी किनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी ९० प्रतिशत पूरा भएको छ । गैँडाकोट नगरपालिकाको नारायणी नदी किनारमा माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्टल तथा गेट निर्माणको कामलाई तीव्र पारिएको छ ।

    महोत्सव मूल समिति संयोजक एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का अध्यक्ष अमृत भट्टचनकाअनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धन गर्न महोत्सव गर्न लागिएको हो । नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत तेस्रो गैंडाकोट महोत्सवले पनि थप ऊर्जा थप्ने भट्टचनले बताउनुभयो । कृषि, पर्यटनमा जोड दिँदै यस पटकको प्रमुख आकर्षकको रुपमा महोत्सवको प्रवेशद्वार निर्माण गरिएको उहाँको भनाइ छ ।

    महोत्सवका सचिवालय प्रमुख एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छवि कँडेलले महोत्सव सम्पन्न गर्न डेढ करोेड रुपैयाँभन्दा बढी खर्च हुने बताउनुभयो । उहाँले महोत्सवमा तीन सय ५० स्टल रहने जनाउँदै स्थानीय उत्पादनलाई ३० वटा स्टल निःशुल्क प्रदान गरिने समेत बताउनुभयो ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति हुने जनाउँदै रसियन कलाकारहरुबाट दैनिक बेली डान्स लगायतका कार्यक्रम हुने उहाँको भनाइ छ । यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रिज आकारको कलात्मक प्रवेशद्वार हुने उहाँले बताउनुभयो । महोत्सवमा ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । समूह र विद्यार्थीलाई केही छुट सहितको व्यवस्था गर्न लागिएको कँडेलले बताउनुभयो ।

    महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति संयोजक एवम् संघका कोषाध्यक्ष शालिकराम सापकोटाले महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठन गरि काम अघि बढाइएको बताउनुभयो । गैँडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आन्तरिक तथा वाह्य व्यपार, उद्योग, कृषि, पर्यटन, सूचना सञ्चार लगायतका क्षेत्रलाई प्रर्वद्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्य लिएर तेस्रो गैँडाकोट महोत्सव आयोजना गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.