एमालेद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारीः ५५ प्रतिशत नयाँ अनुहार
न्युजभित्तो/७ माघ २०८२, मंगलवार १८:०६
युवा उम्मेदवारलाई प्राथमिकता, संविधान र लोकतन्त्रको पक्षमा जनमत सङ्कलन गर्ने घोषणा
काठमाडौँ, ६ माघ । नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । युवा पुस्ता र नयाँ अनुहारलाई प्राथमिकता दिंदै उम्मेदवारी दर्ता गराएको हो ।
एमालेले यो निर्वाचनलाई सामान्य आवधिक निर्वाचन मात्र नभई संविधान, लोकतन्त्र र राजनीतिक स्थायित्वको पक्षमा निर्णायक जनमत सङ्कलनको अवसरका रूपमा लिएको जनाएको छ ।
पार्टी प्रचार संयोजक मीनबहादुर शाहीद्वारा आज जारी विज्ञप्तिमा एमालेका कुल उम्मेदवारमध्ये ५४.५४ प्रतिशतभन्दा बढी नयाँ अनुहार रहेका छन् । मधेश र सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशतभन्दा बढी, कोशी प्रदेशमा ५३.५७ प्रतिशत, बागमती र गण्डकी प्रदेशमा क्रमशः ६०.६० प्रतिशत र ६१.११ प्रतिशत नयाँ उम्मेदवार रहेका छन् । सबैभन्दा बढी नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र लुम्बिनी प्रदेशमा ४२.३० प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका अनुसार यो उम्मेदवार चयन प्रक्रिया पुस्तान्तरण, समावेशिता र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने लक्ष्य अनुरूप गरिएको हो । एमालेले यस निर्वाचनमार्फत विगतमा भएका राजनीतिक हिंसा, अराजकता र अस्थिरताबाट देशलाई मुक्त गर्दै नयाँ पुस्ताको नेतृत्वमा स्थिर, समृद्ध र लोकतान्त्रिक नेपाल निर्माण गर्ने दृढ सङ्कल्प लिएको जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । उम्मेदवारी दर्ता गराउने अघि उहाँले विगतका आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका सरकारी तथा निजी संरचनाको निरीक्षण गर्नुका साथै पीडितहरूसँग भेटघाट गर्दै निर्वाचन अभियानको सुरुआत गरेका छन् ।
यसैगरी पार्टीका उपाध्यक्षहरू गोकर्ण विष्ट (गुल्मी क्षेत्र नं. २), पृथ्वीसुब्बा गुरुङ (लमजुङ) र विष्णुप्रसाद पौडेल (रुपन्देही क्षेत्र नं. २) बाट उम्मेदवार बन्नु भएको छ । महासचिव शंकर पोखरेल दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बन्नु भएको छ भने उपमहासचिवहरू लेखराज भट्ट (कैलाली क्षेत्र नं. ४) र रघुवीर महासेठ (धनुषा क्षेत्र नं. ४) बाट उम्मेदवारी दर्ता गर्नुभएको छ ।
त्यस्तै, सचिवहरू भानुभक्त ढकाल (तेह्रथुम), शेरधन राई (भोजपुर), डा. राजन भट्टराई (काठमाडौँ क्षेत्र नं. ४) र महेश बस्नेत (भक्तपुर क्षेत्र नं. २) बाट उम्मेदवार बननु भएको छ । पार्टीका नेता ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नं. ५ बाट उम्मेदवार बन्नु भएको छ ।
विज्ञप्तिमा एमालेले संविधानको सर्वोच्चता, कानुनी शासन, मानव अधिकार, सामाजिक न्याय, राष्ट्रिय एकता, शान्ति–सुरक्षा र सुशासन प्रति आफ्नो अटल प्रतिबद्धता दोहो¥याएको छ । साथै, निजी क्षेत्र, किसान, मजदुर, नागरिक समाज र विशेषगरी युवा वर्गलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ ।
पार्टीले सार्वजनिक सम्पत्ति, न्याय प्रणाली, सुरक्षा संयन्त्र तथा शैक्षिक र सञ्चार संस्थामाथि भएका आक्रमण, तोडफोड र अराजक गतिविधिलाई गम्भीर रूपमा स्मरण गर्दै यस्ता प्रवृत्तिविरुद्ध लोकतान्त्रिक र शान्तिपूर्ण ढंगबाट निर्णायक मत व्यक्त गर्नुपर्ने आवश्यकता औँल्याएको छ । एमालेले यो निर्वाचनलाई राजनीतिक स्थिरता, दिगो विकास, कानुनी शासन र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने निर्णायक मोडका रूपमा लिएको उल्लेख गर्दै आफ्ना उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण मतदातासमक्ष आग्रह गरेको छ ।