सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी नदी किनारमा एक महिने कोटिहोम महायज्ञ शुरु


  •    न्युजभित्तो/११ माघ २०७६, शनिबार २१:१५ 
  • चितवन । नारायणगढको नारायणी नदी किनारमा शनिबारदेखि एक महिने कोटिहोम महायज्ञ शुरु भएको छ । महायज्ञको जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना श्रेष्ठले उद्घाटन गर्नुभयो । आगामी फागुन ११ गतेसम्म सञ्चालन हुने ‘१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष बिराट मासिक ज्ञान महायज्ञ २०७६’ को उद्घाटन गर्दै श्रेष्ठले यो महामहोत्सवले चितवनमा मात्रै नभएर नेपालमा नै धार्मिक पर्यटकको वृद्धि गराउने बताउनुभयो ।

    महायज्ञलाई अर्थ सङ्कलनको राम्रो माध्यम मानिएकाले यहाँबाट आएको रकमको सबै हिसाब चुस्त दुरुस्त हुनुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । जुन उद्देश्यले महायज्ञ सञ्चालन गरिएको छ, त्यहाँबाट सङ्कलन भएको रकमबाट त्यो उद्देश्य पूरा गर्नतर्फ सबै सचेत हुनुपर्ने श्रेष्ठको भनाइ थियो ।

    सो महायज्ञमा निर्माण गरिएको १०८ हवन कुण्डमा दैनिक १०८ पण्डितद्वारा हवनका साथै कथा वाचन समेत हुनेछ । सो महायज्ञमा मूल समितिका उपसंयोजक तथा पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनी, उपसंयोजक दिव्या शर्मा आचार्य तथा महायज्ञका प्रमुख वाचक वालयोगेश्वर महाराजश्रीले मन्तव्य राख्दै बाहिरी हल्लाको पछि नलागी तन, मन, वचन र कर्मले सहयोग गर्न आग्रह गर्नुभयो । भक्तजनहरुको दानको रकम कुनै पनि हालतमा हिनामिना हुन नदिने उहाँहरुले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    महायज्ञ उद्घाटन हुनुपूर्व शोभायात्रा सहितको र्यालीले नगर परिक्रमा समेत गरेको थियो । महायज्ञका मूल वाचक वालयोगेश्वर महाराजश्रीले महायज्ञको आम्दानीले जगतपुरको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गरिने, चितवनमा आयुर्वेदिक शिक्षालयको स्थापना गरिने, क्यान्सर रोडबाट पीडित विपन्न परिवारकालाई सहयोग गर्नेलगायतका धार्मिक, शैक्षित तथा सामाजिक काम गरिने बताउनुभयो ।

    नेपालको इतिहासमा नै पहिलो पटक ठूलो महायज्ञको आयोजना गरिएको उल्लेख गर्दै महायज्ञ मूल समितिका महासचिव एवम् प्रवक्ता दिलिप न्यौपानेले यसले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पु¥याउने बताउनुभयो । सो महायज्ञ सञ्चालनका लागि तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उल्लेख गर्दै महायज्ञका प्रवक्ता न्यौपानेले २५ करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन गरिने जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.