सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकीमा घट्यो ट्रायल शुल्क, कारको २४ रुपैयाँ तिरे पुग्ने


  •    न्युजभित्तो/१० माघ २०७६, शुक्रबार २१:४९ 
  • पोखरा । गण्डकी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिँदा तिर्नुपर्ने शुल्क घटाइएको छ । यस अगाडि ट्रायल दिन कार प्रयोग गरेवापत रु ३०० शुल्क तिनुपर्नेमा अबदेखि रु २४ मात्रै शुल्क तिरेर प्रयोग गर्न सकिने भएको छ ।

    यातायात व्यवस्था कार्यालय गण्डकी र सनराइज ड्राइभिङ स्कूलअन्तर्गतको कुसुम सप्लायर्सको सहकार्यमा उक्त रकममा छुट प्रदान गर्न लागिएको हो । यही माघ १५ गतेबाट लागू हुनेगरी सम्झौता भएको सनराइज ड्राइभिङका अध्यक्ष वसन्त भट्टचनले जानकारी दिनुभयो । चारपाङग्रे जिप, कार, डेलिभरी भ्यानका लागि पहिला रु ३०० तिर्नुपर्नेमा रु २४ मात्र शुल्क लिन शुरु भएपछि ट्रायल दिने सर्वसाधरणलाई राहत हुने भट्टचनको भनाइ छ ।

    ट्रायल दिने क्रममा बसका लागि रु ७०० लिने गरिएकामा रु १८९, मिनीबसका लागि पहिला रु ६०० लिने गरिएकामा अब रु १२४ र ट्र्याक्टरका लागि रु ५०० लिने गरिएकामा अब रु ८९ शुल्क लाग्नेछ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र र सनराइज ड्राइभिङअन्तर्गतको कुसुम सप्लायर्सबीच गत पुस २३ गते सम्झौता भएको हो । नयाँ शुल्कमा ट्रायलमा उपलब्ध हुने गाडी नयाँ विशेषतासहितका हुने बताइएको छ । यस अगाडि पुराना मोडलका गाडीबाट ट्रायल दिनुपर्ने बाध्यता अब हट्नेछ । युरो मापदण्डका २०१९ मोडलका गाडी ट्रायलमा राखिनेछ ।

    पावर स्टेरिङ, एसी, पावर विन्डोज, एबीएस एण्ड इबिडी सिस्टम, एयर ब्याग, ८०० सिसी क्षमताको इन्जिन, ग्राउण्ड किलियरेन्स १८५ सिसी, व्याक सेन्सरलगायतका विशेषता भएका गाडी ट्रायलमा राखिने बताइएको छ । यातायात व्यवस्था कार्यालय कास्कीका सूचना अधिकृत भरतराज काफ्लेले बोलपत्र आह्वानबाट भएको यस कार्यले सेवाग्राहीलाई राहत हुने बताउनुभयो । उहाँले भन्नुभयो “पहिला पुराना मोडलका गाडी थिए, अब नयाँ गाडीबाट ट्रायल दिन पाइनेछ साथै ट्रायल शुल्क घटेको छ, यसबाट उपभोक्ता लाभान्वित हुनेछन् ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.