सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै


  •    न्युजभित्तो/५ माघ २०८२, आईतवार १०:५८ 
  • काठमाडौँ, ४ माघ । नेपालले पहिलोपटक आयोजना गरेको महिला क्रिकेट विश्वकपको ग्लोबल छनोट खेलअन्तर्गत थाइल्यान्डविरुद्धको उद्घाटन खेलमा नेपालले पहिला ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा थाइल्यान्डले टस जितेर पहिला बलिङ रोजेपछिी नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

    पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली महिला टोलीको अबको लक्ष्य महिला विश्वकप खेल्ने रहेको छ । त्यसैले नेपाल आज जित निकल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । त्यसो त थाइल्यान्डलाई हराउन नेपाललाई सहज भने हुनेछैन । थाइल्यान्ड नेपालभन्दा बलियो टिम हो ।

    थाइल्यान्डले महिला टी–२० विश्वकप खेलिसकेको छ । प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले थाइल्यान्डसँगै नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ । समूह चरणको शीर्ष तीनमा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष चारमा पर्नुपर्नेछ । शीर्ष चारमा पर्ने टोली विश्वकपमा पुग्ने प्रावधान छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
    सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान
    ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन
    • तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
    • पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना
    • मत्स्यनारायणमा भक्तजनको घुइँचो
    • अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.