सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मकवानपुर गढीमा दैनिक पाँच हजार पर्यटक भित्र्याउने लक्ष्य : मुख्यमन्त्री पौडेल


  •    न्युजभित्तो/१० माघ २०७६, शुक्रबार २०:४८ 
  • हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर गढीलाई देशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले आगामी केही वर्षभित्र दैनिक पाँच हजारको सङ्ख्यामा पर्यटक भित्र्याउने गरी काम गरिने बताउनुभयो ।

    मकवानपुरगढीमा आयोजित २५७औँ विजयोत्सव कार्यक्रममा मुख्यमन्त्री पौडेलले नेपाललाई जितेर लुटपाट मच्चाउन आएको विदेशी सेनालाई नेपाली सेनाले पराजित गरेको आजको दिन नेपाललाई स्वतन्त्र मुलुकका रुपमा स्थापित गराउन महत्वपूर्ण भएको बताउनुभयो । उहाँले यस ऐतिहासिक क्षेत्रको प्रबर्धन गर्नमा प्रदेश सरकार लागिपर्ने बताउनुभयो । ‘माघ १०’ नेपालको इतिहासमा गर्विलो दिन भएको उहाँको भनाइ थियो ।

    नेपाली सेनाले विदेशी सेनासँग लडेर धेरैको सङ्ख्यामा हताहत गरेको र ठूलो परिमाणमा हातहतियार कब्जा गरेको दिनका रुपमा माघ १० गते विजयोत्सवको रुपमा मनाउने गरिन्छ । गोर्खालीहरुसँग हारेर भागेका मकवानपुरे राजा दिग्बन्धन सेन र मन्त्री कनकसिंह बाँनियाहरुको अनुरोधमा मुगल बादशाह अङ्ग्रेजहरुसँग लड्नका लागि तयार परिएको तीन हजार सैनिक तथा अत्याधुनिक हातहतियारको परीक्षणसमेत हुने ठानेर विसं १८१९ पुस २७ गते गुरगिन खाँको नेतृत्वमा रहेको मुगल बादशाह मिरकासिमको फौजले मकवानपुरमा हमला गरेको थियो ।

    लडाइँ जितेर काठमाडौँ छिर्ने र पशुपति, स्वयम्भूजस्ता क्षेत्रमा लुटपाट गर्ने योजना बङ्गाली फौजको थियो । मकवानपुरमा आएको त्यस बङ्गाली फौजले १२ दिनसम्म हर्नामाडीको चौकी तथा पशुपन्छी र अन्नपात कब्जा जमाएर बस्यो । गुरिल्ला युद्ध गर्न माहिर गोर्खाली सेनाले त्यो अवधिभर युद्धको तयारी र तालीम गर्न पायो । माघ १० गते सम्पूर्ण तयारी सकेर गोर्खाली फौजले चारैतिरबाट आक्रमण गर्यो । गढीका खोजकर्ता केदार न्यौपानेका अनुसार ४०० दक्ष र केही सामान्य सैनिक रहेको गोर्खालीले तीन हजार फौजको मिरकासिमको सेनामा हाहाकार मच्चाएका थिए ।

    विसं १८१९ माघ १० गते भएको त्यस युद्धमा बङ्गालका तीन हजारमध्ये एक हजार ७०० सैनिक तथा नेपालका ३० जना मात्र मारिए । आजभन्दा २५७ वर्षअघि आजकै दिनको जीतपछि गोर्खाली सेनाले मिरकासिमको फौजबाट ५०० भन्दा धेरै राइफल र दुई तोप हात पारेर श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनाएको र केही समयपछि पुरानो गोरखगुल्मसमेत स्थापना गरेको इतिहासमा पढ्न पाइन्छ ।

    इतिहासकारका अनुसार सो युद्धमा मकवानपुर गढीका सेनानायक सरदार नन्दु शाहको नेतृत्वमा ४०० सैनिक थिए । पछि पृथ्वीनारायण शाहले थप ८०० सेनासमेत पठाएका थिए तर उनीहरु आइपुग्नुअगाडि लडाइँ सकिएको थियो । पहिलो विजयोत्सवमा सहभागी हुन शाह स्वयम् यहाँ आएको जानकार बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.