सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानद्वारा इन्द्रपुरीमा आयोजित महायज्ञको तयारी पूरा


  •    न्युजभित्तो/१० माघ २०७६, शुक्रबार १९:४९ 
  • सङ्गीता बानिया

    भरतपुर १० माघ । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानले भरतपुर–६, इन्द्रपुरीमा शनिबारदेखि सञ्चालन गर्न लागेको ऐतिहासिक श्रीमद्भागवत् महापुराण तथा धनधान्याचल विराट् महायज्ञको सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठाने जनाएको छ । महायज्ञको तयारी पूरा भएको मूल समारोह समितिका संयोजक एवम् प्रतिष्ठानका अध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

    महायज्ञ माघ ११ गते शनिबारदेखि शुरु भई माघ १८ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञबाट तीन करोड रुपैयाँ आर्थिक सङ्कलन हुने अपेक्षा रहेको प्रतिष्ठान चितवनका अध्यक्ष एवम् महायज्ञ आर्थिक व्यवस्थापन समितिका संयोजक भीमप्रसाद पोखरेलले बताउनुभयो ।

    देवघाटमा प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माणसहित भारद्वाज ऋषिको आश्रम र धार्मिक पुस्तकालय निर्माण गर्ने उद्देश्यले आर्थिक सङ्कलनका लागि महायज्ञ आयोजना गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक पोखरेलले जानकारी दिनुभयो । त्यसैगरी, एम्बुलेन्स सञ्चालन, वंशावली निर्माण, टेलिफोन डायरी प्रकाशन र विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि अक्षयकोष स्थापना गरिने पनि उहाँले बताउनुभयो ।

    महायज्ञको तयारी स्वरुप शुक्रबार मोटरसाइकल र्याली गरिएको छ । महायज्ञस्थलबाट सुरु भएको र्याली चोकबजार, गीतानगर, पकौडी, पटिहानी, जिम्मालचोक, विजयचोक, शिवनगर, महेन्द्रचोक, फूलवारीबाट पूर्व प्रेमबस्ती स्कुल हुँदै पुनः इन्द्रपुरी दुर्गा पञ्चाङ्ग मन्दिरमा आइ सम्पन भएको थियो ।

    वाचन प्रवीण दीनबन्धु पोखरेलबाट वाचन हुने महायज्ञमा दैनिक योग साधना, पूजा आराधना, श्रीमद्भागवत् तथा गीता पाठ पारायण, आरती, भजनकिर्तनलगायतका कार्यक्रम हुनेछन् ।

    महायज्ञको उपवाचकको रुपमा आचार्य दुर्गाप्रसाद पोखरेल रहनुभएको छ । महायज्ञमा तुलादान, भूमिदान, ब्रतवन्ध, विवाह, चौरासी पूजा र ग्रहशान्तिसमेत गर्न सकिने उपाध्यक्ष शान्तप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.