सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेशसभा सदस्य दीपक मनाङेलाई अनुसन्धान गर्न म्याद थप, मिलन गुरुङसमेत समातिए


  •    न्युजभित्तो/१० माघ २०७६, शुक्रबार १९:०८ 
  • कास्की । कुटपिटको अभियोगमा कास्की प्रहरीद्वारा बिहीबार पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई अनुसन्धानको लागि दुई दिन म्याद थप गरिएको छ । सदस्य गुरुङलाई दुई दिन हिरासतमा राखेर अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थलमा हातपात तथा दुव्र्यवहार गरेको अभियोगमा प्रदेशसभा सदस्य गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।

    यसैबीच प्रदेशसभा सदस्य गुरुङविरुद्ध उजुरी हाल्ने एन्फा अध्यक्ष गुरुङलाई समेत आज प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर गरेको अभियोगमा दिउँसो गुरुङलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो । अध्यक्ष गुरुङले गत वर्ष पोखरामा सम्पन्न मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको समयमा विभिन्न व्यक्ति तथा संस्थालाई तिर्नुपर्ने रकम नतिरेको तथा रकम नभएको चेक जारी गरेको आरोप लागेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.