सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालमा बिरामीको चाप


  •    न्युजभित्तो/२९ पुष २०८२, मंगलवार १३:२६ 
  • चितवन, २९ पुस । गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो महिनामा बिरामीको सङ्ख्या हालसम्मको उच्च पुगेको छ । अस्पतालको तथ्याङ्कअनुसार पुस २८ गते एकै दिन तीन हजार ११९ बिरामीले बहिरङ्ग सेवा लिएका हुन् ।

    अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलका अनुसार ती बिरामीमध्ये दुई हजार ४७७ स्वास्थ्य बीमाका हुन् भने ६४२ नगदमा सेवा लिने हुन् । बीमाबाट सेवा लिने ७५ प्रतिशत रहेका छन् ।

    विसं २०८१ पुस २८ गते दुई हजार ४७० जनाले सेवा लिएका थिए । त्यतिबेला एक हजार ८०५ स्वास्थ्य बीमाका र ६६५ अन्य रहेका थिए । विसं २०८० मा यो सङ्ख्या दुई हजार ३५७ थियो । त्यसमध्ये स्वास्थ्य बीमाका एक हजार ६८५ र ६७२ अन्य थिए । पौडेलका अनुसार यसअघिको अस्पतालको सबैभन्दा उच्च बिरामी सङ्ख्या २०८० असोज ४ गते रहेको थियो । त्यस दिन तीन हजार दुई जनाले सेवा लिएकामा दुई हजार १४३ स्वास्थ्य बीमाका र ८८९ अन्य बिरामी थिए ।

    पौडेल एकाएक बिरामी बढ्नुमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु परिवर्तन हुनसक्ने आशंका, पुसमा धेरैको बीमा अवधि सकिनु, काठमाडौँका कतिपय अस्पतालले बीमा सेवा बन्द गर्नु, विद्यालयमा बिदा हुनुलगायतका कारण हुनसक्ने बताउनुहुन्छ ।

    स्वास्थ्य बीमामा भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिन्छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेल स्वास्थ्य बीमासँगै नगदमा सेवा लिनेलाई अस्पतालले गरेको उच्चतम व्यवस्थापनका कारण बिरामीको उच्च चाप भएको बताउनुहुन्छ । के कारणले एकाएक बिरामी बढे भन्न नसकिने भन्दै उहाँले बीमा बन्द हुने हल्लाकै कारण बिरामी थपिएको हुनसक्ने बताउनुभयो ।

    भरतपुरमा एक वर्षमा झण्डै चार लाख ५० हजार पटक बीमामा सेवा लिने आउने गरेका छन् । उनीहरुलाई सेवा दिएवापत बीमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम रु ६० करोडभन्दा माथि पुगेको पौडेलले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.