पत्रकारलाई प्रचण्डको प्रतिप्रश्न : प्रहरी प्रमुख नहुँदा चितवनमा सुरक्षा खतरा पैदा भएको छ र ?
न्युजभित्तो/१० माघ २०७६, शुक्रबार १८:२४
चितवन । चितवन जिल्ला सुरक्षाको दृष्किोणले देशकै अत्यन्तै संवेदनशील जिल्ला मानिन्छ । तर यो जिल्ला प्रहरी प्रमुखविहीन बनेको झण्डै महिना दिन हुन लागेको छ । तर प्रहरी प्रधान कार्यालयले अझैपनि चितवनमा प्रहरी प्रमुख पठाउन सकेको छैन ।
चितवनमा प्रहरी उपरीक्षक (एसपी) जिल्ला प्रहरी प्रमुख रहने व्यवस्था छ । चितवन प्रहरी प्रमुखविहीन हुँदा अहिले डिएसपीले जिल्लाको कमाण्ड सम्हालिराखेका छन् ।
प्रहरी प्रधान कार्यालयले जिल्लाका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लको सरुवा गरी उहाँको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तको सरुवा गरेपनि उहाँलाई जिल्ला पठाइएको छैन । मल्ला सरुवा भएर गएपछि चितवनमा जिल्ला प्रहरी प्रमुख को ल्याउने भन्ने विषयमा ‘हाई प्रोफाइल’हरुबीच जुङ्गाको लडाईं चलेको र त्यसकै कारण गंगा पन्तलाई चितवन आउन रोकिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।
यसैबीच, शुक्रबार गृहजिल्ला चितवन आउनुभएका सत्तारुढ नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भरतपुर बिमानस्थलमा पत्रकारहरुले प्रश्न गरे– तपाईंको गृहजिल्ला चितवन कतिञ्जेल प्रहरी प्रमुखविहीन हुनुपर्ने हो ? प्रचण्डले पत्रकारहरुको प्रश्नमा प्रतिप्रश्न गर्नुभयो– ‘यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भएजस्तो लागेको छैन ।’
उहाँले चितवन प्रहरी प्रमुखविहीन भएपनि प्रहरी नायब उपरीक्षक (डिएसपी)ले राम्रै काम गरिराख्नुभएको छ भन्दै सरकारले आफ्नो अनुकूलतामा जिल्ला प्रहरी प्रमुख पठाउने पनि बताउनुभयो ।
प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गर्नुभएका सापकोटाको विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताउनुभयो । उहाँले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।’ सिङ्गै संसद्ले उहाँलाई स्वीकार गरिसकेको भन्दै उहाँले थप्नुभयो, ‘उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।’