सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैन’


  •    न्युजभित्तो/२८ पुष २०८२, सोमबार १४:२२ 
  • चितवन, २८ पुस । निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मुलुकमा विकसित भइरहेको वर्तमान अवस्थामा राजनीतिक निकासका लागि आसन्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । 

    निर्वाचन आयोगले आज यहाँ सुरु गरेको निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा उहाँले प्रतिनिधिसभाका सबै निर्वाचन उत्तिकै महत्वपूर्ण रहेका भन्दै यो निर्वाचनको विकल्प नरहेको धारणा राख्नुभयो ।

    आयुक्त जबराले भन्नुभयो, “यस अवस्थामा देशलाई कहिलेसम्म राख्ने तत्कालको विकल्प निर्वाचन हो ।” लोकतन्त्रको खम्बा निर्वाचन भएकाले सबै राजनीतिक दल सहभागी हुँदै भयरहित वातावरणमा मतदान गर्नेगरी सहकार्य र समन्वयमा तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

    आयुक्त जबराले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वासनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सरोकार भएका सबैको सहयोगको आवश्यकता औँल्याउनुभयो ।

    विगतको निर्वाचनभन्दा सहज बनाउन आफूहरूले कोसिस गरिरहेको भन्दै उहाँले सीमित स्रोतसाधनमा निर्वाचन गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार आयोगले हालसम्म सात प्रकारका सामग्री सरकारी निकायमार्फत खरिद गरेको छ ।

    अहिलेको परिस्थितिमा दाताको सहयोग प्राप्त नभएको जनाउँदै सरकार िलगानीमा रु छ करोड ५० लाखको सामान मात्र खरिद गरिएको आयुक्त जबराले उल्लेख गर्नुभयो । १७ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीहरुको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आचारसंहिता उल्लङ्घन हुन नदिन सबै मिलेर लाग्न आग्रह गर्नुभयो ।

    सामाजिक सञ्जालको दुरुपयोग र उम्मेदवारको खर्च मुख्य चुनौती भएको उहाँको भनाइ छ । यसअघि निर्वाचनको अनुभव लिनु भएकाको अनुभवलाई साटासाट गरेर कसरी राम्रोसँग निर्वाचन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने आयुक्त जबराले बताउनुभयो ।

    निर्वाचन आयोगका सहसचिव राजेन्द्रकुमार केसीले कार्यशाला गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै दुई दिनसम्म हुने छलफलका विषयबारे जानकारी गराउनुभयो । चितवनसहित काठमाडौँ, विराटनगर र नेपालगञ्जमा यस किसिमका कार्यक्रम भइरहेका उहाँले जानकारी दिनुभयो । 

    आजको सत्रमा विज्ञ स्रोतव्यक्तिका रूपमा पूर्वसचिव गोकर्णमणि दुवाडीले प्रतिनिधिसभा सदस्य निर्वाचनको संवैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रमका ‘वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैन’षयमा सहजीकरण गर्दै हुनुहुन्छ । विज्ञ स्रोतव्यक्ति शालिग्राम शर्मा पौडेलले निर्वाचनका विभिन्न पक्ष र निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका विषयमा सहजीकरण गर्दै हुनुहुन्छ ।

    मङ्गलबार निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणालीका विषयमा लक्ष्मी यादव, मतदाता नामावलीसम्बन्धी व्यवस्था र मतदानका विषयमा विज्ञ स्रोतव्यक्ति दुवाडीले सहजीकरण गर्ने कार्यक्रम छ । यसैगरी मतगणनासम्बन्धी व्यवस्थापकीय कार्य र मतगणना प्रक्रिया तथा प्रतिवेदनका विषयमा सहसचिव केसीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.