सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकीमा महिला मतदाता बढी


  •    न्युजभित्तो/२८ पुष २०८२, सोमबार ११:१५ 
  • गण्डकी, २८ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । जसमा महिला मतदाताको सङ्ख्या नौ लाख ५५ हजार ५१६ छभने पुरुषको मतदाताको सङ्ख्या नौ लाख १४ हजार ५३५ रहेको छ । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या ४० हजार ९८१ ले बढी रहेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । 

    जिल्लागत रूपमा गोरखाबाहेक प्रदेशका १० वटै जिल्लामा महिला मतदाताको सङ्ख्या बढी रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । गोरखामा एक लाख १४ हजार ८३७ पुरुष र एक लाख १४ हजार २२० महिला मतदाता कायम भएका छन् । मनाङमा तीन हजार ३७७ पुरुष र तीन हजार ६२३ महिला मतदाता छन् । लमजुङमा ६७ हजार छ सय पुरुष र ६९ हजार ५२४ महिला, कास्कीमा एक लाख ४८ हजार ५१५ पुरुष र एक लाख ६० हजार ११५ महिला मतदाता छन् । 

    यस्तै तनहुँमा एक लाख २३ हजार ४९१ पुरुष र एक लाख ३० हजार ९०६ महिला, स्याङ्जामा एक लाख २२ हजार ४६४ पुरुष र एक लाख २६ हजार ३५१ म्हिला मतदाता रहेका छन् । नवलपुरमा पुरुष मतदाताको सङ्ख्या एक लाख २९ हजार ५४ छभने महिला मतदाताको सङ्ख्या एक लाख ३९ हजार ४६८ छ । मुस्ताङमा पाँच हजार ५५९ पुरुष मतदाता, महिला पाँच हजार ७६८, म्याग्दीमा ४२ हजार ३०२ पुरुष र ४४ हजार ६४ महिला मतदाता रहेका छन् । 

    बागलुङमा ९४ हजार ८०६ पुरुष मतदाता छन्भने महिला मतदाताको सङ्ख्या ९८ हजार ५७४ रहेको छ । पर्वतमा ६२ हजार छ सय पुरुष र ६२ हजार ८६५ महिला मतदाता कायम भएका छन् । महिला र पुरुषबाहेक अन्य मतदाताको सङ्ख्या १४ रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता सङ्ख्या जम्मा सात हजार छ । 

    निर्वाचनका लागि प्रदेशका ११ वटै जिल्लामा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गोरखामा २२५, स्याङ्जामा १९९, कास्कीमा १५३, तनहुँमा १४४, लमजुङमा १३०, नवलपुरमा ११४, बागलुङमा १०७, म्याग्दीमा ८२, पर्वतमा ७६, मुस्ताङमा ३९ र मनाङमा २८ मतदानस्थल रहेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.