सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला


  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १६:४७ 
  • काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताउनुभएको छ ।

    कांगेसको विशेष महाधिवेशन पक्षधरद्धारा आह्वान गरिएको विशेष महाधिवेशनको उद्घाटन भइरहेको सन्दर्भमा उहाँले आज भिडिओ सन्देश जारी गर्दै आफू पार्टीगत रुपमा कुनै व्यक्तिगत स्वार्थमा नअल्झिएको स्पष्ट पार्नुभयो ।

    “म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिन, म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्वकांक्ष केही छैन, मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिले आकर्षित गरेन, यस्ता अवसरहरू आए तर, मैले रुचि देखाइन, त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाइ लोभ्याउँदैन”, उहाँले भन्नुभयो ।

    उहाँले आफ्नो परिवारको जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको बताउनुभयो । नेता कोइरालाले  पार्टीको विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको जानकारी गराउनुभएको छ । महाधिवेशन प्रतिनिधिहरू पार्टीको धरोहर रहेको भन्दै विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौं आएका उहाँको भनाइ छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै
    • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    • सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.