सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुधारिएको चुलोे उत्पादन गर्ने उद्योगलाई सहुलियत कर्जाको माग


  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १३:३६ 
  • वीरगञ्ज (पर्सा), २७ पुस । सरकारले वातावरणमैत्री सुधारिएको चुलोे प्रवर्द्धन कार्यक्रमअन्तर्गत चुलोे उत्पादन गर्ने उद्योगलाई सहुलियत बैंक कर्जाको प्रबन्ध गर्नुपर्ने उद्योगीले माग गरेका छन् । 

    वीरगञ्जमा एक दशकदेखि सुधारिएको चुलोे उद्योग सञ्चालनमा हुँदै आइरहेका छन् । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थाका प्राडा राजेश राईले पनि सरकारले सुधारिएको चुलोे प्रवर्द्धनात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताउनुभयो ।

    “सुधारिएको चुलोेको प्रयोगले एकातर्फ मानव स्वास्थ्यमा नकारात्मक असर गर्दैन”, उहाँले भन्नुभयो, “दाउराको खपत घटाउनुको साथै वनजङ्गल फँडानी घटाएर कार्बन उत्सर्जनमा पनि टेवा दिँदै आइरहेको छ । त्यसैले सुधारिएको चुलोे प्रवर्द्धन गरेको खण्डमा थप उपलब्धिमूलक हुने देखिन्छ ।” प्राडा राईले सुधारिएको चुलोेको प्रयोगले घरभित्र हुने प्रदूषणमा पनि धेरै हदसम्म न्यूनीकरण गर्न सकिने बताउनुभयो । 

    सुधारिएको चुलोे व्यावसायिक रूपमा उत्पादन गर्दै आएको उद्योग हस्क पावर नेपाल कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक मनोजकुमार गुप्ताले वातावरणमैत्री चुलोे उत्पादन गर्ने उद्योगलाई बैंकको कर्जामा विशेष छुटको व्यवस्था भएको खण्डमा काम गर्न सहज हुने बताउनुभयो ।

    “सरकारले सबै खालको उद्योगलाई एउटै नजरले हेर्नुहुँदैन । हामीले वातावरणमैत्री चुलोे उत्पादन गर्दै आइरहे पनि राज्यले अन्य उद्योग सरह व्यवहार नगर्दा प्रोत्साहन हुन सकिरहेको छैन । सोतर्फ वर्तमान सरकारको ध्यान जान जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो । 

    वीरगञ्ज महानगरपालिका–२१ स्थित पटेलनगरमा अवस्थित उद्योगले सात वर्षदेखि सुधारिएको चुलोे उत्पादन गर्दै आइरहेको छ । कम्पनीले सुरुवाती चरणदेखि हालसम्म करिब तीन लाखभन्दा बढी सुधारिएको चुलोे उत्पादन गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक गुप्ताले बताउनुभयो । “सात वर्षअघि हामीले छ सय सुधारिएको चुलोे उत्पादन गरेर थालनी गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले उद्योगबाट वार्षिक ३२ हजारभन्दा बढी उत्पादन गर्न सक्षम भएका हौँ ।” 

    कम्पनीले अहिले पङ्खा भएको र पङ्खा नभएको सुधारिएको चुलोे उत्पादन गर्दै आइरहेको छ । अहिले पङ्खा भएको चुलोेको मूल्य रू पाँच हजार ५०० मूल्य तोकिएको छ भने पङ्खा नभएको चुलोेको मूल्य रू दुई हजार ५०० रहेको छ । 

    प्रबन्ध निर्देशक गुप्ताले सुधारिएको चुलोेको माग अहिले विशेष गरेर मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उच्च रहेको जानकारी दिनुभयो । “यो चुलोे प्रयोग गर्दा दाउराको खपत ७० प्रतिशतभन्दा कम हुने गर्छ”, उहाँले भन्नुभयो, “खाना पकाउँदा निस्कने धुँवा ६० देखि ८० प्रतिशतसम्म घटाउन सकिन्छ । स्वास्थ्यका दृष्टिले पनि यो प्रभावकारी हुने भएकाले प्रयोग बढिरहेको छ ।” 

    उक्त कम्पनी अहिले एक बिघा क्षेत्रफलमा फैलिएको छ । यहाँ २८ जनाभन्दा बढीले रोजगारी पाएका छन् भने सात जना सुस्तश्रवण भएका व्यक्ति कार्यरत रहेका गुप्ताले जानकारी दिनुभयो । उद्योगको अहिले रू १५ करोडभन्दा बढी लगानी गरिएको छ । यहाँबाट सुधारिएको चुलोेका साथै बायो पेलेट, बायोपेन्ट, मेटल फ्रेविक्रेसन, झ्याल, ढोकालगायत सामग्री उत्पादन गर्दै आइरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    • ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.