सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समावेशी सिद्धान्तमा आधारित समाज निर्माण गर्ने सङ्कल्प गरौँः उपराष्ट्रपति


  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १३:१२ 
  • काठमाडौँ, २७ पुस । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई त्यागी समान अवसर, सामाजिक न्याय र सांस्कृतिक सम्मानलाई जीवनको मूलमन्त्र बनाउन सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    राष्ट्रिय एकता दिवस, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई अन्त्य गर्ने सङ्कल्पले मात्र मुलुकलाई आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक उन्नतितर्फ अघि बढाउन सकिने बताउनुभएको छ ।

    उहाँले भन्नुभएको छ, “कुनै पनि जातीय, वर्गीय, धार्मिक र क्षेत्रीय द्वन्द्वलाई निस्तेज गर्दै भाइचारा, मेलमिलाप र अपनत्वभाव विकास गर्नमा पनि यस दिवसले योगदान पुग्ने विश्वास लिएको छु, राष्ट्रिय एकता दिवसले हाम्रो समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने मार्गप्रशस्त गरोस् ।”

    उपराष्ट्रपति यादवले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, सहिष्णुता र समरसता अभिवृद्धि गर्ने उत्प्रेरकका रूपमा एकता दिवसलाई उपयोग गर्न सक्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय एकता दिवसले हामीलाई आपसी विश्वास, सहयोग र साझा जिम्मेवारीको भावनासहित अघि बढ्न आह्वान पनि गर्नुभएको छ ।

    “राष्ट्रिय एकता दिवस २०८२ ले विविधतामा एकतालाई हाम्रो राष्ट्रिय पहिचानको आधार बनाउँदै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तमा आधारित समतामूलक समाज निर्माण गर्ने सङ्कल्पलाई थप सबल बनाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु”, शुभकामना सन्देशभा भनिएको छ ।

    पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवसलाई पृथ्वी जयन्तीका रूपमा पनि मनाइन्छ । यस दिवसले हाम्रो साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गरेको उपराष्ट्रपति यादवको भनाइ छ । उहाँले भन्नुभयो, “आजको दिनले हामीलाई व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको तथ्यलाई स्मरण गराउँदछ, युवापुस्तालाई मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गर्नमा यस दिवसको विशेष महत्व छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.