सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने


  •    न्युजभित्तो/१० माघ २०७६, शुक्रबार ०८:३५ 
  • काठमाडौँ । नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो ।

    अष्ट्रेलियामा यसै वर्ष टी–२० विश्वकप क्रिकेट हुँदैछ । सो प्रतियोगिताको पुछारमा रहने चार टोली क्षेत्रीय छनोटबाट आएका टोलीसँगै नेपाल, संयुक्त अरब इमिरेटस् (युएई), हङकङ र जिम्बाबेले सोझै ग्लोबल छनोट खेल्न पाउने अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसीसी) ले जनाएको छ । ग्लोबल छनोट प्रतियोगिता सन् २०२१ को मार्चदेखि जुलाईसम्म सञ्चालन हुनेछ ।

    टी–२० क्रिकेटको अन्तर्राष्ट्रिय बरियताका आधारमा नेपालसहितका चार देशलाई सोझै ग्लोबल छनोट खेल्न अनुमति दिइएको हो । टी–२० क्रिकेटको विश्व बरियतामा हाल नेपाल १२औँ स्थानमा छ । यस्तै जिम्बावे ११औँ, युएई १५औँ तथा हङकङ २०औँ स्थानमा छ । उक्त ग्लोबल छनोटमा सहभागी १६ देशमध्ये शीर्ष स्थानमा रहने चार टोलीले सन् २०२१ को टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । टी–२० विश्वकपको गत संस्करणमा नेपाल क्षेत्रीय छनोटमा पराजित भए पछि ग्लोबल छनोटसम्म पुग्न सकेको थिएन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.