सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकको सुरक्षाका लागि नाट्टाको आग्रह


  •    न्युजभित्तो/९ माघ २०७६, बिहीबार २३:४२ 
  • काठमाडौँ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले पर्यटकको सुरक्षा गर्न सरकारसँग आग्रह गरेको छ । नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले आज एक विज्ञप्ति जारी गरी केही दिन अगाडि अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा पदयात्रामा गएका कोरियन पर्यटक र नेपाली पथ प्रदर्शक हराएको तथा मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटकको मृत्यु भएको भन्दै पर्यटकको सुरक्षाका लागि सरकारसँग आग्रह गरेको हो ।

    अन्नपूर्ण बेस क्याम्पमा चार कोरियनसहित ७ जना बेपत्ता र मकवानपुरमा ८ जनाको ज्यान गएको थियो । “नेपालमा भ्रमण वर्ष–२०२० मनाउँदै गर्दा विदेशी पर्यटकको निधनले नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभावप्रति सबै सचेत हुनु आवश्यक छ,”–गुरागाईंले भन्नुभयो । नाट्टाले यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुरक्षाका विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएको छ । दुर्घटनामा निधन भएका परिवारजनप्रति नाट्टाले गहिरो समवेदना व्यक्त समेत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.