सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका मुख्य न्यायाधीश हिरो बन्न खोजेका हुन् ?


  •    न्युजभित्तो/९ माघ २०७६, बिहीबार २२:५२ 
  • चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश माननीय हेमन्त रावल भीडबाट प्रभावित भएर हिरो बन्न खोजेका हुन् ? पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो रेकर्डका आधारमा सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेससिहत तीन जनाको नाम पोलेका थिए । सोही भिडियोलाई विधि विज्ञान प्रयोगशालादेखि चिकित्सक र विशेषज्ञहरुले जाँचबुझ गर्दा मृतक शालिकरामकै आवाज ठहरिएको थियो । त्यहाँ शालिकरामले यी तीनबाहेक अरु कसैलाई मुछेका थिएनन् ।

    विधि विज्ञान प्रयोगशालाले मात्र होइन विशेषज्ञ र चिकित्सकहरुले त्यो भिडियो मृतककै रहेको सम्मानित अदालतसमक्ष बकपत्र दिएका थिए । त्यही र मृतकका परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले रवि लामिछानेसहित युवराज र रुकुविरुद्ध गत बर्ष भाद्र १ गतेदेखि लागू भएको मुलुकी ऐन अनुसारको आत्महत्या दुरुत्साहनसम्बन्धी मुध्दा चलाएको हो । शुरुमा धरौटीमा छाडेका उनै न्यायाधीश हेमन्तले यी तीनै व्यक्तिलाई भर्खरै सफाईको फैसला सुनाएका छन् ।

    अहिले पात्रहरु हामीमाथि हुँदै नभएको दोष लगाइयो भनी आफ्नो च्यानलमार्फत सफाइ दिदैछन् । र, आफूहरुलाई अदालतले निर्दाेष ठहरायो भन्दैछन् । बुझ्नुपर्ने कुरा के हो भने,यो नै मुद्दाको अन्तिम किनारा होइन,शालिकरामका आफन्त र सरकारी वकिल कार्यालय अझै उच्चदेखि सर्वाेच्च अदालतसम्म जाने तयारीमै छन्।

    जनआस्था साप्ताहिकबाट

    तस्वीर : शालिकराम पुडासैनी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.