सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर महोत्सवको समापन, साढे चार लाखले गरे अवलोकन


  •    न्युजभित्तो/९ माघ २०७६, बिहीबार २२:१७ 
  • चितवन । रत्ननगरको टिकौली चौरमा पुस २५ गतेदेखि सञ्चालन भएको १०औँ रत्ननगर महोत्सव १४औँ दिनमा बिहीबार समापन गरिएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले महोत्सवको समापन गर्नुभयो । महोत्सव समापन गर्दै डल्लाकोटीले स्थानीय स्तरमा हुने मेला महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन गरेको बताउनुभयो ।

    स्थानीय कृषि, उद्योगबाट उत्पादित वस्तुहरुको प्रवद्र्धनकासाथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत मेला महोत्सवले टेवा पुर्याएको डल्लाकोटीले बताउनुभयो । पूर्वी चितवनको कृषि र पर्यटनलाई प्रमुख स्थान दिएर टिकौलीमा सञ्चालन गरिएको रत्ननगर महोत्सव पूर्ण रुपमा सफल भएको डल्लाकोटीको भनाइ थियो । महोत्सव समापनका अवसरमा जगतकृष्ण प्रजापति विद्यालयस्तरीय नृत्य प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार, महोत्सवको प्रवद्र्धक संस्थाहरुलाई सम्मान गरिएको थियो ।

    महोत्सव समापनका अवसरमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् १०औँ रत्ननगर महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले महोत्सवलाई सभ्य एवम् भव्यरुपमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । १४ दिनसम्म चलेको महोत्सवको साढे चार लाख दर्शकले अवलोकन गरेका उल्लेख गर्दै रेग्मीले महोत्सवमा ५० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार भएको बताउनुभयो ।

    महोत्सवमा राखिएको सेल्फी डाँडामा दुर्लभ वन्यजन्तुका मूर्तिका साथै चितवन राष्ट्रिय निकुञ्जको बारेमा समेत जानकारी गराइएकोले यसले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुर्याएको रेग्मीको भनाइ छ । महोत्सवकै अवसर पारेर पञ्चकन्या सामुदायिक वनमा जीप सफारी, पछिल्लो समय लोकप्रिय बनेको जीपलाइन सफारीले समेत चितवनको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुर्याएको रेग्मीले बताउनुभयो । महोत्सव अवधिभर विभिन्न साँस्कृतिक, खेलकुद, रक्तदान जस्ता कार्यक्रम गरिएको रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताउनुभयो ।

    महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनी गरिएको थियो । विभिन्न व्यावसायिक तथा माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर सहित ५ सय २१ वटा स्टल राखिएको रत्ननगर महोत्सवका महासचिव निराजन खनालले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.