सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा दुर्घटना न्यूनीकरण गर्न ‘सडक सुरक्षा सप्ताह’


  •    /१९ बैशाख २०७६, बिहीबार ११:०८ 
  • भरतपुर :

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सप्ताह–२०७६ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही वैशाख २३ गतेदेखि २७ गतेसम्म सप्ताहव्यापीरूपमा कार्यक्रम गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख चन्द्र गिरीले जानकारी दिनुभयो ।

     

    जिल्लामा दैनिकरुपमा सवारी दुर्घटनाबाट मानिसको ज्यान जान थालेपछि जनचेतनामूलक अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । सप्ताहलाई सफल बनाउन जिल्लाका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिबीच दैनिक छलफल गर्ने गरिएको छ ।

     

    जिल्लाका सरोकारवालाले सप्ताहलाई सफल बनाउन प्रतिबद्धता जनाएका छन् । सप्ताहको पहिलो दिन वैशाख २३ गते अन्तक्र्रिया, २४ गते दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना ¥याली, २५ गते स्कूल कलेजमा सचेतना कार्यक्रम र सवारी चालक परिचालकलाई प्रशिक्षण, २६ गतेदेखि २८ गतेसम्म वडास्तरीय प्रशिक्षण अभियान, २७ गते स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तक्र्रिया, २८ गते दीप प्रज्वलन र २९ गते समापन समारोह गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रमुख गिरीले जानकारी दिनुभयो । उहाँले सप्ताह सकिएपछि पनि वडास्तरमा निरन्तर सचेतना कार्यक्रम गरिने बताउनुभयो ।

     

    यो आर्थिक वर्षमा जिल्लामा १२८ को सवारी दुर्घटनाबाट मृत्यु भएको छ भने ४८० घाइते भएका छन् । यो अवधिमा २५० सवारी दुर्घटना भएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.