सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

असी हजार पशुलाई खोरेतबिरुद्धको खोप


  •    न्युजभित्तो/२१ पुष २०८२, सोमबार १३:३३ 
  • चितवन, २१ पुस । चितवनमा ८० हजार पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाइने भएको छ । यहाँ पालिएका पशु चौपायामा खोरेतको समस्या देखिएपछि खोरेतविरुद्धको खोप लगाउन लागिएको हो । 

    पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार कार्यालयमा उपलब्ध ८० हजार डोज खोप जिल्लाका सबै पालिकामा बितरण गरिएको छ । जिल्लामा एक लाख गाई भँैसी पालिएको उहाँले बताउनुभयो । मङ्सिरमा रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको थियो । 

    खोरेत रोग भाइरसका कारण सर्ने गर्दछ । यो रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भ तुहिने, दूध घटाउने, खुट्टामा घाउ हुने, दाना पानी नखाने जस्ता लक्षण देखिने उहाँले जानकारी दिनुभयो । यो रोग गाई, भैँसी र बङ्गुरमा बढी देखिन्छ ।

    बाहिरबाट खरिद गरेर जिल्लामा ल्याइने पशुलाई २१ दिन क्वारेन्टिनमा राखिन्छ । उहाँले थप्नुभयो, “सङ्क्रमण देखिएका पशुहरूलाई समेत छुट्टै राखेर उपचार गर्नुपर्छ ।” जङ्गली जनावारहरूबाट पनि सर्न सक्ने भएकाले चरनका लागि लैजाने गाईभैँसीमा बढी यसको सङ्क्रमण देखिने गरेको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.