कोटिहोम महायज्ञको उद्घाटन उपराष्ट्रपति पुनले गर्नुहुने, पूण्यको काममा सहभागी हुन सबैलाई आग्रह
न्युजभित्तो/९ माघ २०७६, बिहीबार २२:०१
चितवन । नारायणगढको नारायणी नदी किनारमा माघ ११ गतेदेखि एक महिनासम्म सञ्चालन हुने कोटिहोम महायज्ञको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने भएको छ । शनिबारदेखि सञ्चालन हुने महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार नै चितवन आउने कार्यक्रम तयार भएको छ ।
महोत्सवबारे जानकारी दिन बिहीबार महामहोत्सव स्थल नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा महायज्ञका मूल वाचक वालयोगेश्वर महाराजश्रीले महायज्ञको तयारीको काम ९५ प्रतिशत पूरा भएको जानकारी दिनुभयो । महायज्ञको नौ तले मण्डप निर्माणसँगै १०८ हवन कुण्ड समेत निर्माण भइसकेको र पण्डालहरु लगाउने काम केही बाँकी रहेको महाराजश्रीले बताउनुभयो । शुक्रबारसम्म महायज्ञको सम्पूर्ण तयारी पुरा हुने उहाँले जानकारी दिनुभयो ।
महायज्ञमा हवनका लागि नेपाल तथा भारतका विभिन्न तीर्थस्थलबाट १०८ पण्डितहरु महायज्ञस्थल आएका, १०८ तीर्थस्थलको जल ल्याइपुर्याइएको प्रमुख वाचक महाराजश्रीले जानकारी दिनुभयो । महाराजश्रीकाअनुसार शनिबार बिहान सात बजे विभिन्न संघसंस्थाको सहभागितामा कलशयात्रा सहितको र्याली पश्चात ११ बजे महायज्ञको उद्घाटन हुनेछ ।
महायज्ञ अवधिभर इच्छुक तथा कानुनी रुपमा उमेर पुगेका युवायुवतीबीच विवाह गराइने उल्लेख गर्दै महाराजश्रीले साधारण विवाहका लागि पाँच हजार एक सय रुपैयाँ र हात्तीमा सवार गराएर विवाह गराएमा ११ हजार रुपैयाँ शुल्क बुझाए पुग्ने बताउनुभयो । महायज्ञ पूर्णरुपमा दर्ता भएर आयोजना गरिएको उल्लेख गर्दै महाराजश्रीले बाहिरी हल्लाको पछि नलाग्न समेत आग्रह गर्नुभयो ।
महायज्ञको आयोजक संस्था पशुपति मन्दिरले आन्तरिक राजस्व कार्यालयबाट अस्थायी पान नम्बर लिएर जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउँदै कोटिहोम महायज्ञ लगाएको समेत महाराजश्रीले स्पष्ट पार्नुभयो । कार्यक्रममा महायज्ञ मूल समिति संयोजक लालबहादुर दवाडीले महायज्ञमा सङ्कलन भएको हरेक हिसाव पारदर्शी हुने जानकारी दिनुभयो । महायज्ञबाट सङ्कलन भएको सम्पूर्ण रकम आयोजकले भनेकै काममा खर्च गरिने उल्लेख गर्दै पूण्यको काममा सहभागी हुन दवाडीले सबैलाई आग्रह गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा भरतपुर–२३, जगतपुरमा रहेको पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् महायज्ञ मूल समिति सदस्य मनोज पुडासैनीले महायज्ञको आम्दानीबाट भरतपुरमै विभिन्न धार्मिक तथा सामाजिक काम गरिने बताउनुभयो । उहाँले महायज्ञको आम्दानीले जगतपुरको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गरिने, चितवनमा आयुर्वेदिक शिक्षालयको स्थापना गरिने, क्यान्सर रोडबाट पीडित विपन्न व्यक्तिलाई सहयोग गर्नेलगायतका धार्मिक, शैक्षित तथा सामाजिक काम गरिने बताउनुभयो ।
माघ ११ देखि फागुन ११ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा सञ्चालन हुने ‘१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा साँस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष बिराट मासिक ज्ञान महायज्ञ २०७६’ मा १०८ पण्डितद्वारा १०८ हवन कुण्डमा हवनसहित कथा वाचन हुनेछ ।
नेपालको इतिहासमा नै पहिलो पटक ठूलो महायज्ञको आयोजना गरिएको उल्लेख गर्दै महायज्ञ मूल समितिका महासचिव एवम् प्रवक्ता दिलिप न्यौपानेले यसले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुर्याउने बताउनुभयो । महायज्ञ सञ्चालनका लागि तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उल्लेख गर्दै महायज्ञका प्रवक्ता न्यौपानेले २५ करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन हुने अपेक्षा गरिएको जानकारी दिनुभयो । महामहोत्सव अवलोकनका लागि देशव्यापी प्रचार प्रसारका कामहरु भइरहेका महायज्ञका संकल्पकर्ता धर्मपाल वशिष्ठ गुरुले बताउनुभयो ।