काठमाडौँ । राष्ट्रियसभा सदस्यको आज भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आज बिहान १० देखि अपरान्ह् ४ बजेसम्म मतदान भएको थियो ।
मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत आम नागरिकप्रति आभार प्रकट गरेको छ । निर्वाचनका लागि मुलुकका सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।
प्रदेश नं १ मा नेकपा विजयी
प्रदेश नं १ बाट राष्ट्रियसभामा रहेको तीन पदमा आज भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीन उम्मेदवार विजयी हुनुभएको छ । यसरी विजयी हुनेमा महिलातर्फ इन्दिरा गौतमले ६ हजार ४२६, दलिततर्फ गोपी आछामीले ६ हजार ३३० र अन्यतर्फ देवेन्द्र दाहालले ६ हजार २३४ मतभार ल्याई विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो ।
उक्त निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट महिलामा मीना पुलामीले २ हजार ६२२, दलितमा नीरबहादुर विश्वकर्माले २ हजार ७१८ र अन्यमा राजेन्द्र घिमिरेले २ हजार ७६६ मतभार प्राप्त गर्नुभएको थियो । यसैगरी सङ्घीय समाजवादी पार्टीकातर्फबाट महिला कमला बढहीले २६४, दलितमा ज्ञानकुमार परियारले २६४ र अन्यमा भरत दाहालले २६४ मतभारत प्राप्त गर्नुभयो ।
प्रदेशसभा सदस्य ९३ मध्ये ९२ तथा स्थानीय निकयका २७४ मध्ये २७२ सदस्यले मतदान गर्नुभएको निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो । प्रदेशसभा सदस्यले ९९ प्रतिशत तथा स्थानीय निकायतर्फ ९८ प्रतिशतले मतदान गर्नुभएको छ ।
गण्डकी प्रदेशबाट श्रेष्ठ र न्यौपाने विजयी
राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित हुनुभएको छ । नेकपा प्रवक्ता रहनुभएका श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गर्नुभयो ।
यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विमला गौचनले दुई हजार ३४० मत प्राप्त गर्नुभयो । अन्य समूहतर्फ राष्ट्रिय जनमोर्चाका शङ्कर बरालले १९८ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । आज बिहान १० बजेदेखी साँझ ४ बजेसम्म निर्वाचन कार्यालय परिसरमा भएको मतदानमा कूल मतदाता २३० मध्ये २२८ जनाले मतदान गर्नुभएको थियो ।
प्रदेश २ बाट मृगेन्द्रकुमार सिंह र तुलसाकुमारी दाहाल निर्वाचित
राष्ट्रियसभाको खुल्लातर्फको सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार मृगेन्द्रकुमार सिंह निर्वाचित हुनुभएको छ । निर्वाचन कार्यालयका अनुसार पाँच हजार ४०० मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी अनिरूद्धकुमार सिंहले चार हजार ५१२ मत प्राप्त गर्नुभएको छ । अनिरूद्धकुमार सिंह नेपाली काँग्रेस र सङ्घीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार हुनुहुन्थ्यो ।
त्यसैगरी, राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित हुनुभएको छ । निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गर्नुभएको छ । यादव नेपाली काँग्रेस र सङ्घीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार हुनुहुन्थ्यो ।
कर्णालीमा नेकपाका आचार्य र बिसी विजयी
राष्ट्रियसभा सदस्य पदका लागि आज भएको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मायाप्रसाद आचार्य र सुमित्रा बिसी विजयी हुनुभएको छ ।
आचार्यले तीन हजार ६१८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी डिल्लीराम पाठकले एक हजार २६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले जानकारी दिनुभयो । त्यसैगरी बिसीले तीन हजार ६८४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गणेशकुमारी बस्नेतले एक हजार २६ मत प्राप्त गर्नुभएको उहाँले बताउनुभयो ।
यो प्रदेशमा रिक्त दुई पदका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल १९८ मतदातामध्ये १९५ अर्थात् ९८.४८ प्रतिशतले मतदान गर्नुभएको थियो । तीमध्ये एकजना प्रदेशसभा सदस्यको मत बदर भएको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
प्रदेश ५ बाट महिलामा घिमिरे निर्वाचित
दाङ । राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विमला घिमिरे निर्वाचित हुनुभएको छ । आज मतदान भई बेलुकी सार्वजनिक भएको मतपरिणामानुसार घिमिरे निर्वााचित हुनुभएको हो ।
उहाँ पाँच हजार ७२८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गिरिजादेवी न्यौपानेले दुई हजार १०० मत ल्याउनुभएको छ । महिलाका पाँच मत बदर भएका छन् । अपाङ्गता र खुलाको मतगणना घोराही जिल्ला समन्वय समितिको कार्यालयमा जारी छ ।
सुदूरपश्चिम प्रदेशबाट स्वाँर र भट्ट विजयी
राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तारामान स्वाँर र शारदा भट्ट निर्वाचित हुनुभएको छ । स्वाँरले ३ हजार ७२० मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताव ठगुन्नाले २ हजार ८४ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रियसभाको महिला सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेकपाका शारदा भट्ट विजयी हुनुभएको छ । उहाँले ३ हजार ७३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी देवकोटाले १ हजार ८५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो ।
आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन कार्यालय परिसरमा भएको मतदानमा कूल मतदाता २२९ मध्ये २२७ जना जनप्रतिनिधिले मतदान गर्नुभएको थियो । नेकपाका अछाम जिल्लाबाट प्रदेश समानुपातिक सांसद मनकुमारी साउद र नेपाली काँग्रेसबाट निर्वाचित साइपाल गाउँपालिका बझाङकी उपाध्यक्ष कल्पना बोहरा मतदानमा सहभागी नहुँदा जम्मा २२७ मात्रै मत खसेको र ६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले जनाएको छ ।