पर्यापर्यटनलाई गल्फ खेलसँग जोडिदै, फेब्रुअरी १ मा सिजी गल्फ रिट्रिटमा टुर्नामेन्ट
न्युजभित्तो/९ माघ २०७६, बिहीबार २०:३८
नवलपरासी । उत्तरमा चुरेदेखि महाभारतसम्मका अग्ला हरिया पहाड, दक्षिणमा कञ्चन बगेको नारायणी र नारायणीको काखमा रहेको चितवन राष्ट्रिय निकुञ्ज । यही सेरोफेरोमा रहेको छ सिजी गल्फ रिट्रिट । नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामभित्र शान्त र मनोरम स्थानमा रहेको उक्त रिट्रिटमा आगामी फेब्रुअरी १ तारिखका दिन गल्फ टुर्नामेन्ट हुँदैछ ।
खेल र पर्यापर्यटनलाई जोड्ने उद्देश्यसहित खेलको आयोजना गरिएको हो । नवलपरासीको अमलटारीमा टेम्पल टाईगर ग्रुप अफ कम्पनीद्वारा सञ्चालित टेम्पल टाईगर होटलले खेलको आयोजना गरेको हो । टेम्पल टाईगर गल्फ टुर्नामेन्ट २०२० नामाकरण गरिएको उक्त टुर्नामेन्टमा ३७ जना खेलाडीलाई आमन्त्रण गरिएको कम्पनीका कार्यकारी अध्यक्ष वसन्तराज मिश्रले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म ३३ जना खेलाडीले नाम दर्ता गरिसकेका छन् भने अरु आउने क्रममा रहेका छन् । गल्फलाई धनाढ्यको खेल पनि भन्ने गरिन्छ । त्यसले यो खेलका खेलाडीहरुले धेरै खर्च गर्ने गर्दछन् । गल्फ र पर्यटनलाई जोड्न सके नेपालको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पर्ने मिश्रको भनाई छ ।
गल्फ खेलका समेत क्याप्टेन रहनु भएका क्याप्टेन सुधिर राईले विश्वमा एक करोडभन्दा बढी गल्फ खेलाडी रहेको बताउँदै त्यस मध्येका एक प्रतिशतलाई खेलको माध्यमबाट नेपाल भित्र्याउन सकिने बताउनुभयो । नेपालका गल्फ कोर्ष (गल्फ खेल्ने मैदान) हरु अति नै सुन्दर रहेको बताउँदै उहाँले प्रचारप्रसारको अभावमा गल्फ खेलाडी नेपाल आउन नसकेको बताउनुभयो ।
क्याप्टेन राईले भन्नुभयो “गल्फका खेलाडीहरु एउटा कोर्षमा खेल्न चाहँदैनन् । कोर्ष फेरी फेरी खेल्न चाहन्छन् । खासगरी सुन्दरतालाई बढी महत्व दिईन्छ । जुन सुन्दरता नेपालमा रहेका कोर्षहरुमा छन् ।” चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लव वन्यजन्तु बाघ, एक सिंगे गैंडा लगायतका पर्यावरणीय महत्वसँगै यहाँको गल्फ कोर्षको व्यापक प्रचारप्रसार गर्न सके खेलसँगै पर्यटनको विकास हुने राईको भनाई थियो ।
अन्य पर्यटकलेभन्दा गल्फ खेलाडी (गल्फर)हरुले २० प्रतिशत बढी खर्च गर्ने बताउँदै राईले त्यसका लागि नेपालमा पनि गल्फ खेलाडी उत्पादन गर्नुपर्ने बताउनुभयो । “नेपालमा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सके विदेशी खेलाडीहरुलाई प्रतिस्पर्धाका लागि आमन्त्रण गर्न सकिन्छ ।” राईले भन्नुभयो ।
अहिले पनि भारत, मलेसिया, भुटान लगायतका देशहरुबाट समूहमा आएर नेपालमा गल्फ खेल्ने गरिएको राईको भनाई छ । पाँच वर्ष उमेरदेखि हिँड्डुल गर्न सक्ने अवस्थासम्म खेल्न सकिने यो खेलमा नेपालीहरु आकर्षित हुन नसकेको गुनासो राईको थियो । आफूहरुले विद्यालयका विद्यालयहरुलाई निःशुल्क गल्फ सिक्ने व्यवस्था गर्न लागेको उहाँको भनाई थियो ।
नेपाली खेलाडीहरुबीच प्रतिस्पर्धा गराउँदै नेपाली खेलाडी तयार पारेर आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको गल्फ प्रतियोगिता आयोजना गरिने कार्यकारी अध्यक्ष मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो “यो शुरुवाती अवस्था हो, हामी विस्तारै गल्फ खेललाई यहाँको पर्यापर्यटनसँग जोड्छौं ।” पूर्वपश्चिम राजमार्गमा रहेको सिजी गल्फ रिट्रिटमा नारायणढ, सौराहा, लुम्बिनी, बुटवलमा आउने पर्यटकहरुलाई पनि सजिलै जोड्न सकिने मिश्रको भनाई छ ।