सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय


  •    न्युजभित्तो/१७ पुष २०८२, बिहीबार १६:२७ 
  • नारायणगढ (चितवन), १७ पुस । पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट एण्ड रन)का घटना बढ्दै गएका छन् । सवारीसाधनको चाप बढेसँगै दुर्घटना गराएर भाग्ने प्रवृत्ति पनि बढेको प्रहरीको भनाइ छ ।

    यस्तो अवस्थामा दुर्घटनापछि चालकले पूरा गर्नुपर्ने कर्तव्यबारे जनचेतना आवश्यक देखिएकाले सचेतनामूलक अभियान सञ्चालनको तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार ‘हिट एण्ड रन’ गर्नु चालकको गम्भीर लापरबाही हो । यस्तो घटनालाई प्रहरीले नछाड्ने र चालक भागेमा खेजेर कानुनी दायरामा ल्याउने गरिएको उहाँले बताउनुभयो ।

    प्रमुख प्रहरी उपरीक्षक पुरीले भन्नुभयो, “हिट एण्ड रनका घटना भएमा प्रहरीले जसरी पनि पत्ता लगाएर कारबाही अघि बढाउँछ । ठक्कर दिएर चालक भागेमा को पनि उम्कन पाएका छैनन् र पाउँदैनन् । प्रहरीले कानुनी कारबाही अवश्य गर्छ ।” उहाँका अनुसार गत साउनयता जिल्लामा १५ वटा हिट एण्ड रनका घटना दर्ता भएका छन् । 

    उहाँले भन्नुभयो, “चितवन देशको मध्य भागमा पर्ने सहर हो । पूर्व–पश्चिम राजमार्ग र काठमाडौँ प्रवेश गर्ने मुख्य सडक यहीँ भएर जाने भएकाले यहाँ सवारीको चाप बढी हुन्छ ।” सवारीसाधनको आवागमन बढी हुने भएकाले दुर्घटना पनि तुलनात्मक रूपमा बढी हुने उहाँले बताउनुभयो । 

    प्रमुख पुरीका अनुसार जिल्लामा प्रहरी हिट एण्ड रनका घटनालाई नियन्त्रण गर्न विशेष संयन्त्र बनाएर काम गर्दै आइएको छ । उहाँले थप्नुभयो, “राजमार्गमा ठक्कर दिएर भाग्ने प्रवृत्ति देखिन्छ भने भित्री सडकमा पनि यस्ता घटना केही कम हुने गरेका छन् । साउनयता भएका १५ वटै घटनाको प्रहरीले पहिचान गरिसकेको छ ।” 

    प्रमुख प्रहरी उपरीक्षक पुरीले केही समयअघि एक हिट एण्ड रनको घटनाको वास्तविकता ४९ दिनपछि पत्ता लगाई कानुनी कारबाही अघि बढाइएको उदाहरणसमेत प्रस्तुत गर्नुभयो । दुर्घटना गराएर भाग्नुले समस्या झन् जटिल हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “दुर्घटना गरेपछि भागेँ भने बचिहाल्छु, कारबाही हुँदैन भन्ने सोच गलत हो । सवारी चालकले यस्तो सोच सच्याउन जरुरी छ ।” 

    दुर्घटना भएको खण्डमा तुरुन्तै प्रहरीलाई जानकारी गराई आत्मसर्मपण गर्नुपर्ने उहाँको सुझाव छ । चालकले आफ्नो कमजोरी वा गल्ती स्पष्ट रूपमा प्रहरीलाई बताउनुपर्नेमा उहाँले जोड दिनुभयो । दुर्घटनाको जानकारी तत्काल प्रहरीलाई गराएमा समस्या कम हुने, घाइतेको उपचार छिटो हुने, ज्यान जोगिन सक्ने र कानुनी प्रक्रियासमेत सहज हुने उहाँले बताउनुभयो । 

    हिट एण्ड रन गरेर फरार भएमा झन् कडा कारबाही हुनसक्ने विषयका बारेमा पनि प्रमुख प्रहरी उपरीक्षक पुरीले स्पष्ट पार्नुभयो । जिल्ला प्रहरी कार्यालय चितवनले यस्ता हिट एण्ड रनका घटना दोहोरिन नदिन विशेष सतर्कता अपनाएर काम गरिरहेको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.