सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मकवानपुरमा सवारी दुर्घटनामा छ महिनामा ४२ जनाको ज्यान गयो, ५१ गम्भीर घाइते


  •    न्युजभित्तो/९ माघ २०७६, बिहीबार १३:१२ 
  • हेटौंडा । मकवानपुरमा सवारी दुर्घटनामा छ महिनामा ४२ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म मकवानपुरमा सवारी दुर्घटनामा ४२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख हरि विष्णु ढकालले बताउनुभयो ।

    सो अवधिमा जिल्लामा ६१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ५१ जना गम्भीर घाइते भएका छन् । ३९ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी भदौ महिनामा ११ जनाको मृत्यु भएको थियो । त्यस्तै साउन महिनामा नौ जना र पुस महिनामा नौ जनाको मृत्यु भएको छ ।

    मकवानपुर ट्राफिकले यो छ महिनाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने ९ हजार ९ सय ९८ वटा सवारी साधनलाई कारवाही गरेको छ । सवारीका साधन कारवाहीबाट ७० लाख १८ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको ढकालले जानकारी दिनुभयो ।

    वाग्मती प्रदेशको राजधानी बनेको हेटौँडामा जथाभावी पार्किङ गर्दा र पार्किङ व्यवस्थित बन्न नसक्दा बजारमा ट्राफिक व्यवस्थापन चुनौती बनेको छ । चालकलाई समय–समयमा ट्राफिक नियमबारे सचेतना गराउँदा पनि त्यसको कार्यान्वयन हुन नसक्नु सवारी दुर्घटनाको मुख्य कारण रहेको ढकालले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.