सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन निकुञ्ज घुम्दै राजकुमारी एस्ट्रिड


  •    न्युजभित्तो/९ माघ २०७६, बिहीबार १२:५४ 
  • चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै हुनुहुन्छ । बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो ।

    साँझ नै प्रदेश सरकारको आतिथ्यतामा एस्ट्रिडलाई रात्रिभोज दिइएको थियो । सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले राजकुमारी एस्ट्रिडलाई चितवन राष्ट्रिय निकुञ्जसँगै प्रदेशका पर्यटकीय क्षेत्रका बारेमा अवगत गरउनुभएको थियो ।

    मन्त्रीका स्वकीय सचिव नवराज पुडासैनीका अनुसार भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै प्रदेश सरकारको आतिथ्यतामा राजकुमारीलाई यहाँ भ्रमण गराउने प्रबन्ध मिलाइएको हो । रात्रिभोजमा महानगरपालिकाका प्रमुख रेणु दाहाल, राजकुमारी एस्ट्रिडका श्रीमान् लोरेन्जसहित विभिन्न व्यक्ति, सङ्घीय सरकारका पर्यटन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापालगायतको उपस्थिति रहेको पुडासैनीले जानकारी दिनुभयो ।

    राजदूत थापाका अनुसार राजकुमारी एस्ट्रिडसहित बेल्जियमबाट आएको उच्च अधिकारीको समूहको आज दिनभर निकुञ्जमा निजी भ्रमण रहेको छ । डुङ्गा सयर, जीप सयरलगायतका गतिविधिमा राजकुमारी सहभागी भई वन र वन्यजन्तुको अवलोकन गर्ने निजी कार्यक्रम रहेको उहाँले बताउनुभयो । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी, ठूला र आकर्षक तालतलैया देख्न सकिन्छ ।

    निजी भ्रमण भएकाले सरकारी अधिकारीले राजकुमारीको भ्रमणका बारेमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । राजकुमारी एस्ट्रिड एक साताका लागि नेपाल भ्रमणमा आउनुभएको हो । शुक्रबार काठमाडौँ फर्किएर शनिबार त्यहाँबाट बेल्जियम फर्कने कार्यक्रम छ । उहाँ जनवरी १९ तारिखमा नेपाल आउनुभएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.