सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानमैत्री र बहुउपयोगी महिन्द्राको ‘युवो टेक प्लस’ ट्याक्टर बजारमा


  •    न्युजभित्तो/१६ पुष २०८२, बुधबार १०:१४ 
  • चितवन, १६ पुस । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नेपाली कृषि क्षेत्रलाई लक्षित गर्दै महिन्द्रा युवो टेक प्लस सिरिज अन्तर्गतका ट्याक्टर मोडेलहरू बजारमा उपलब्ध गराएको छ । क्षेत्रपुरको दियालो फुडल्याण्डमा मंगलबार आयोजित ग्राहक भेटघाट तथा अनावरण कार्यक्रममा युवो टेक प्लसको सार्वजनिक गरिएको हो । बि एस अटोमोबाइल प्रा.लि. भरतपुर–१२ ले यो ट्याक्टर बिक्री गर्दै आएको छ ।

    आधुनिक प्रविधि, शक्तिशाली इन्जिन र कम इन्धन खपतको संयोजनका कारण यो सिरिज नेपाली किसानबीच लोकप्रिय बन्दै गएको सो अवसरमा जानकारी दिईयो । महेन्द्रा एण्ड महेन्द्रा भारतका अभयकान्त मिश्रले यस सिरिज अन्तर्गत युवो टेक प्लस ५७५ डीआई र युवो टेक प्लस ५८५ डीआई दुई प्रमुख मोडेल उपलब्ध रहेको बताउनुभयो । दुवै मोडेल उच्च कार्यक्षमता, टिकाउपन र बहुउपयोगी क्षमताका लागि डिजाइन गरिएको उहाँको भनाई छ ।

    युवो टेक प्लस ५७५ डीआईमा ४ सिलिन्डरयुक्त, वाटर कुल्ड, डाइरेक्ट इन्जेक्सन डिजेल इन्जिन जडान गरिएको छ, जसले करिब ४५ अश्वशक्ति उत्पादन गर्छ । त्यस्तै, युवो टेक प्लस ५८५ डीआईले ५० अश्वशक्ति २००० आरपीएम प्रदान गर्दछ । दुबै ट्याक्टरमा करिब २७३३ क्युबिक सेन्टिमिटर क्षमताको इन्जिन प्रयोग गरिएको छ, जसले भारी कृषि कार्यमा समेत सहज सञ्चालन सुनिश्चित गर्ने मिश्रको भनाई छ ।

    यी ट्याक्टरमा सिङ्गल क्लच (डबल क्लचको विकल्पसहित) व्यवस्था गरिएको भन्दै उहाँले ट्रान्समिसन प्रणाली अन्तर्गत १२ फरवार्ड र ३ रिभर्स गियर उपलब्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो “जसले विभिन्न खेतबारी तथा कार्यअनुसार गति नियन्त्रण गर्न सहज बनाउँछ । साइड सिफ्ट गियर प्रणालीले चालकलाई थप सुविधा प्रदान गर्छ ।”

    महिन्द्राको युवो टेक प्लस सिरिजमा स्थिति र ड्राफ्ट नियन्त्रणसहितको लाइभ हाइड्रोलिक सिस्टम जडान गरिएको छ । यसले करिब २००० किलोग्रामसम्मको लिफ्ट क्षमता प्रदान गर्छ, जुन रोटाभेटर, कल्टिभेटर, डिस्क हललगायत उपकरण प्रयोगका लागि उपयुक्त हुने मिश्रको भनाई छ ।

    पिटिओ प्रणाली अन्तर्गत ५४० आरपीएम (४ स्प्लाइन विकल्पसहित) उपलब्ध रहेको भन्दै उहाँले जसले विभिन्न कृषि उपकरण सहज रूपमा चलाउन मद्दत गर्ने बताउनुभयो ।

    सुरक्षाका दृष्टिले ट्याक्टरमा तेलमा डुबेको ब्रेक प्रणाली राखिएको छ । स्टेरिङतर्फ हाइड्रोस्ट्याटिक पावर स्टेरिङ प्रयोग गरिएको हुँदा लामो समय काम गर्दा पनि चालकलाई थकान कम हुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “आरामदायी सिट, मजबुत डिजाइन र सन्तुलित तौलका कारण खेत तथा उकालो–ओरालो भूभागमा समेत ट्याक्टर स्थिर रूपमा सञ्चालन गर्न सकिन्छ ।”

    यी मोडेलमा एजी (एग्रीकल्चर) टायर प्रयोग गरिएको भन्दै अगाडिको टायर ६.०० × १६ र पछाडिको टायर १४.९ × २८ साइजमा उपलब्ध रहेको जानकारी दिनुभयो । जसले खेतमा राम्रो ग्रिप र स्थायित्व प्रदान भन्दै भन्दै ट्याक्टरको ह्विलबेस, लम्बाइ र चौडाइ नेपाली कृषि भू–बनावट अनुकूल रहेको कम्पनीको दाबी छ ।

    महिन्द्रा युवो टेक प्लदस सिरिज ट्याक्टर जोताई, गोडमेल, बिउ छर्ने, ढुवानी तथा अन्य कृषि कार्यका लागि उपयुक्त मानिन्छ । कम इन्धन खपत, उच्च टर्क र बलियो संरचनाका कारण यो ट्याक्टर नेपाली किसानका लागि किफायती, भरपर्दो र दीर्घकालीन लगानीको रूपमा हेरिएको उहाँले बताउनुभयो ।

    यो सिरिजले कृषि उत्पादन बढाउन, समय र लागत बचत गर्न तथा किसानको आयस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा कम्पनीले गरेको छ ।

    कार्यक्रममा बि एस अटोमोबाइल प्रा.लि. प्रबन्ध निर्देशक जनक अर्यालले स्वागत गर्नुभएको थियो भने अग्नि इन कर्पाेरेशनका रामेश्वर महर्जन लगायतले बोल्नु भएको थियो ।

    महेन्द्राका ट्याक्टर नेपाल, भारत सहित विश्वमा सबैभन्दा बढी बिक्री हुने ट्याक्टरमा पर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.