सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यसरी मनाईदै छ तेह्रौं राष्ट्रिय पोल्ट्री दिवस चितवनमा


  •    न्युजभित्तो/१५ पुष २०८२, मंगलवार १२:०२ 
  • चितवन, १५ पुस । १३ औं राष्ट्रिय पोल्ट्री दिवस विविध कार्यक्रम गर्दै चितवनमा मनाईने भएको छ । नेपालमा आधुनिक कुखुरा पालन शुरु भएको दिन पुस १७ गते पोल्ट्री व्यवसायीहरुले नेपाल सरकारका सरोकारवाला निकायसँग सहकार्य गरेर दिवस मनाउन लागेका हुन् ।

    नेपाल कुखुरा व्यवसायी मञ्चले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका बारेमा जानकारी दिएको हो । मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार पुस १७ गते बिहान ७ः४५ बजे मञ्चको कार्यालय रहेको उद्योग संघ परिसरबाट बाजागाजा, प्लेकार्ड झाकी सहितको प्रभातफेरी निकालिने छ । प्रभातफेरी चौबीसकोठी, हाकिमचोक, स्याउली बजार हुँदै पुनः चितवन औद्योगिक प्रदर्शनी परिसरमा जम्मा भई समापन हुने कार्यक्रम रहेको छ ।

    भट्टले अहिलेको अवस्थामा पोल्ट्री क्षेत्र चरम संकटमा रहेको भन्दै सरकारले किसानका मागलाई सम्बोधन गरेर यस क्षेत्रलाई आत्मनिर्भर बनाईराख्न आग्रह गर्नुभयो । उहाँले पोल्ट्री क्षेत्रका संघ संस्थाहरुको प्रतिनिधित्व हुने गरी पोल्ट्री विकास बोर्ड गठन गर्न, पोल्ट्रीजन्य उत्पादनका लागि विदेशबाट आयात गरिने कच्चा पदार्थमा लाग्दै आएको कृषि सुधार शुल्क र भन्सार महसुस छुट गर्न माग गर्नुभयो ।

    यसैगरी पोल्ट्री क्षेत्रको प्रमुख चुनौतीको रुपमा रहेको अवैध रुपमा आयात हुने चल्ला, कुखुरा, मासु र अण्डा नियन्त्रण गर्न, रोगको प्रकृति अनुसारको भ्याक्सिनको आयातको व्यवस्था गर्न पनि उहाँले माग गर्नुभयो ।

    कार्यक्रममा नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले धेरै किसान विस्थापित भईसकेको र बाँकी रहेकाहरु बैंकको ऋण थप गर्दै अहिलेसम्म टिकेको गुनासो गर्नुभयो । कतिपयले आत्महत्या समेत गरेको भन्दै उहाँले बैंकको कालो सूचिको पीडामा रहेर पनि यो क्षेत्रलाई बचाउन लागिपरेको बताउनुभयो ।

    नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेशचन्द्र सापकोटाले पछिल्ला वर्षहरुमा विदेशबाट आयात हुने मकै घट्दै गएको भन्दै सरकारले सहयोग गरेमा केही वर्षभित्रमा नेपाल भित्रिने कच्चा पदार्थको मात्रा निकै घट्ने बताउनुभयो । अहिले वर्षेनी रु. ४५ अर्बभन्दा बढीको पोल्ट्रीजन्य पदार्थ बाहिरबाट आउने गरेको भन्दै उहाँले यो रु.६० अर्बबाट क्रमशः घटेको बताउनुभयो ।

    नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले किसान र व्यवसायीहरु संगठित भएर नलागेको भए अण्डामा अहिले आत्मनिर्भर हुने अवस्था नआउने भन्दै लागत मूल्य अझै किसानले पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “अण्डाको मूल्य घट्दा कोही बोल्दैन, लागतमूल्य नजिक पुग्दा अस्वभाविक बृद्धि भयो भनेर प्रश्न उठ्छ ।” आठ सय किसान घटेर दुई सयमा झरेको भन्दै उहाँले पेशामा रहेकाहरुलाई टिकाउनु पर्ने बताउनुभयो ।

    मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले कोभिडपछि नेपालमा पोल्ट्रीजन्य उत्पादनमा ह्रास आएको बताउनुभयो । हाल जीपी फार्म तीन वटाबाट एक सातामा एक लाख २० हजार माउ चल्ला उत्पादन भएको, सात वटा लेयर्स ह्याचरीबाट सातामा एक लाख २० हजार चल्ला उत्पादन भएको र १०९ ब्रोईलर ह्याचरीबाट सातामा २८ देखि ३० लाख चल्ला उत्पादन हुँदै आएको उहाँले बताउनुभयो । दुई हजार लेयर्स फार्मबाट दैनिक ३५ देखि ३७ लाख अण्डा उत्पादन हुने गरेको, ३५ हजार ब्रोईलर फर्मबाट दैनिक आठ लाख मासु उत्पादन भएको र ११५ वटा दाना उद्योगबाट दैनिक दुई हजार सात सय मेट्रिकटन दाना उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    सो अवसरमा मञ्चका उपाध्यक्ष कृष्णहरि लोहनीले नेपालमा कुखुराको मासु खपत प्रतिव्यक्ति प्रतिवर्ष १०.५ केजी र अण्डा प्रतिव्यक्ति ६१ वटा मात्रै भएको भन्दै उहाँले यसलाई बढाउनु पर्ने बताउनुभयो ।

    कार्यक्रममा नेपाल पोल्ट्री कल्याणकारी संघका अध्यक्ष महेश्वर पोखरेल, महासचिव अमन सुवेदी, नेपाल लेयर्स कुखुरा पालक संघका प्रथम उपाध्यक्ष जोतेन्द्र श्रेष्ठ, उपाध्यक्ष अमोद खनाल, सचिव मदन पोखरेल, मञ्चका सचिव विष्णुहरी पोखरेल लगायतको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.