सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र


  •    न्युजभित्तो/१४ पुष २०८२, सोमबार १६:२९ 
  • दाङ, १४ पुस । घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ्ग’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ ।

    अबको केही समयपछि ग्राभेल राख्ने काम सुरु गरिने निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभीले जनाएको छ । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चार लेन बनाइने गरी सम्झौता भए पनि पहिलो चरणमा सौडीकुलादेखि गुर्जेखोलासम्मको काम सुरु गरेको कम्पनीका कन्ट्रयाक्ट म्यानेजर सुनिल ढुङ्गानाले बतानुभयो । उहाँका अनुसार सो क्षेत्रमा सडकमा पर्ने विद्युत्का खम्बालाई व्यवस्थापन गर्नका लागि विद्युत् कार्यालयलाई अनुरोध गरिएको छ ।

    गत मङ्सिर १ गतेदेखि द्ुई स्काभेटर लगाएर काम सुरुवात गरिएता पनि अहिले भने एक दर्जन बढी सवारीसाधन, रोलिङ मेसिन र आवश्यकताअनुसार मजदुर थपगरेर कामलाई तीव्र रुपमा अगाडि बढाइएको छ । “जति सक्यो छिटो काम सक्ने गरी अगाडि बढेको भन्दै सम्झौता मितिभन्दा अघि सक्ने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो, “त्योअनुसार हामीले काम अघि बढाएका छौँ ।” अहिले माटो ‘फिलिङ्ग’ गर्ने र झाडीफाल्ने माटो फिलिङ भएसँगै रोलिङ गरेर ग्राभेल राख्ने काम भइरहेको छ ।

    उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्र हुनेछ भने चौडाइ चार लेनको हुनेछ । बीचबीचमा मेडिएन र दुवैतर्फ दुई÷दुई लेनको हुने उहाँले बताउनुभयो । त्यसमा बजार क्षेत्रमा फुटपाथसहितको चार लेन हुनेछ भने अन्य स्थानमा चारलेन मात्रै हुनेछ ।

    सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइने छ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रेको काम सुरु हुनेछ । चार लेनकै कामको सहजताका लागि सडकखण्डकै बेलझुण्डी रङ्गशालाको उत्तरतर्फ रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अस्थायी क्रसर स्थापना गरिएको छ ।

    पानीका लागि डिपबोरिङ र त्यही साइड अफिस राखिएको छ । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजनाअन्तर्गत ठेक्का सम्झौता भएको छ । निर्माणको प्राविधिक जिम्मा सडक डिभिजन कार्यालयले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ । त्यसमा ढुङ्गा, गिट्टी र बिटुमिनतार मिसाएर कालोपत्र गरिनेछ ।

    सम्झौता भएको मितिले ३६ महिनामा सक्ने गरि सम्झौता भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार असारमा श्री दिवा–बन्दना भगवती जेभीसँग सम्झौता भएको हो । भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक निर्माण हुनेछ ।

    मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानको काम भएर गत फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ । यसअघि सडकमा ठेक्का लागे बीचमै अलपत्र छाड्दा आवतजावतमा समस्या हुनुका साथै यात्रुहरु निकै मारमा थिए ।

    “अहिले सडक निर्माणको कार्य दिनप्रति दिन निरन्तर अघि बढेकाले अब भने बाटो बन्छ भन्नेमा ढुक्क भएका छौँ”, सौडिकुला निवासी रामबहादुर चौधरीले भन्नुभयो । यसैबीच सडक डिभिजन कार्यालयले अहिले सडक निर्माणको काम भइरहेकाले सहजतापूर्वक यात्रा गर्न आम सवारीचालकलाई अनुरोध गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.