सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट


  •    न्युजभित्तो/१४ पुष २०८२, सोमबार १६:११ 
  • चितवन, १४ पुस । आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई दिइएको छ । पूर्वी चितवनका चार पालिकाबाट राजस्व कार्यालयका काम हुने गरी आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले काम गर्नका लागि सम्झौता भएको हो ।

    अर्थ सचिव डा घनश्याम उपाध्यायको उपस्थितिमा आन्तरिक राजस्व कार्यालय भरतपुरमा आज सम्झौतामा हस्ताक्षर भएको छ । खैरहनीबाहेक तीन पालिकाका प्रशासकीय प्रमुखसँग आन्तरिक राजस्व कार्यालय भरतपुरले सम्झौता गरेको हो । आन्तरिक राजस्व कार्यालय खैरहनीमा हुँदै आएका कतिपय काम स्थानीय तहबाट हुने भएका छन् भने कतिपय त्यहाँको सिफारिसमा आन्तरिक राजस्व कार्यालय भरतपुरमा हुने भएको छ । आज यहाँ भएको सम्झौतापत्रमा स्थायी लेखा नम्बर (व्यक्तिगत÷व्यावसायिक) जारी गर्ने काम पालिकाबाट हुने उल्लेख छ ।

    यसैगरी मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कमा दर्ताका लागि निवेदन दिएमा आवश्यक कागजात भिडान गरी आन्तरिक राजस्व कार्यालय भरतपुरमा सिफारिस गर्ने र दर्ता प्रमाणपत्र उपलब्ध गराइने छ । करचुक्ता प्रमाणपत्र माग गरी आउने करदाताको आवश्यक कागजात भिडान गरी आन्तरिक राजस्व कार्यालय भरतपुरमा सिफारिस गर्ने र करचुक्ता प्रमाणपत्र उपलब्ध गराउने काम पालिकामा हुनेछ ।

    करदाता विवरण संशोधन गर्ने कामसमेत हुनेछ । यसबाहेक राजस्व सङ्कलन गर्ने, बक्यौता असुली, राजस्व सङ्कलनसँग सम्बन्धित भौचर संशोधन, करदाता शिक्षा र अन्तरक्रिया सेवासमेत पालिकाले दिनेछन् । 

    सो अवसरमा सचिव उपाध्यायले नागरिकलाई घर नजिक एकै ठाउँबाट सबै सेवा दिलाउने उद्देश्यले सरकारले स्थानीय तहबाट करसम्बन्धी सेवा दिन लागेको बताउनुभयो । आगामी दिनमा यसलाई थप व्यवस्थित गरेर करका सबै काम स्थानीय तहबाट गर्न सक्ने भएमा राज्यलाई भार कम हुने र कर बढी उठ्ने उहाँले बताउनुभयो ।

    सेवा दिने एकाइलाई टाढा बनाउन खोजेको नभएर नजिकबाट सेवा दिन लागिएको जनाउँदै उहाँले स्थानीय तहका जनशक्तिलाई आवश्यक प्रशिक्षण दिएर आवश्यक सामग्रीसमेत उपलब्ध गराइने बताउनुभयो । यसबाट कर सङ्कलनको लागत घटाउन सकिने उहाँको भनाइ छ ।

    सो अवसरमा रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले नागरिकलाई करसम्बन्धी सेवा स्थानीय तहबाट दिन पाउनु गर्वको विषय भएको उल्लेख गर्दै यसलाई अझै फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

    आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख पुण्यविक्रम खड्काले आज तीन पालिकासँग सम्झौता भएको जनाउँदै खैरहनी नगरपालिकासँग छिट्टै सम्झौता गरेर आगामी माघ १ गतेदेखि चारवटै पालिकाबाट सेवा प्रवाह गरिने बताउनुभयो । करसम्बन्धी धेरै कामका लागि राजस्व कार्यालय पुग्नुपर्ने बाध्यता हटेर स्थानीय तहबाट नागरिकले सेवा पाउने उहाँले बताउनुभयो । 

    कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव डा धनिराम शर्मा, कर अधिकृतसहित कर्मचारी लगायतको उपस्थिति थियो ।

    विसं २०८२ कात्तिक १७ गतेको नेपाल सरकारको निर्णयानुसार चितवनको आन्तरिक राजस्व कार्यालय खैरहनी, मध्यमस्तरीय करदाता कार्यालय र ३६ वटा करदाता सेवा कार्यालयको काम स्थानीय तहलाई प्रदान गरिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.