सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी


  •    न्युजभित्तो/१४ पुष २०८२, सोमबार १३:१७ 
  • गुल्मी, १४ पुस । गुल्मीमा पछिल्लो समयमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । सोलार लिफ्ट खानेपानी परियोजनाबाट गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्टिङ परियोजनामार्फत ३२७ घरमा खानेपानी पु¥याइएको हो ।

    वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई लुम्बिनी प्रदेशबाट रु १५ लाख, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट रु ५५ लाख ३३ हजार, ग्रामीण प्रविधि केन्द्रबाट रु २९ लाख ६१ हजार उपलब्ध गराइएको थियो । त्यसैगरी गुल्मीदरबार गाउँपालिकाबाट रु २२ लाख, वाइन टु वाटर नेपालबाट रु ५५ लाख ६२ हजार र रु २४ लाख बराबरको स्थानीय उपभोक्ताको श्रमदानबाट खानेपानी परियोजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो ।

     ग्रामीण प्रविधि केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा जल–ऊर्जा र खाद्य प्रणालीमा नवीकरणीय ऊर्जा प्रविधिमार्फत जलवायु परिवर्तन उत्थानशिलता र जीविकोपार्जनका लागि सहयोग परियोजनामार्फत बलिथुमका अधिकांश घरमा खानेपानी पु¥याइएको छ । स्थानीय सरकारले मात्रै लगानी गर्न नसक्ने काममा दातृ निकायको सहयोगबाट उक्त परियोजना सम्पन्न गरेर घरघरमा खानेपानीको सुविधा पुगेको उपाध्यक्ष तारा थापा ढेँगा बताउनुहुन्छ ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.