सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तरकारीले मूल्य पाएपछि किसान खुसी


  •    न्युजभित्तो/१४ पुष २०८२, सोमबार १०:४२ 
  • चितवन १४ पुस । जिल्लामा लगाइएको तरकारीले बजार मूल्य पाएपछि यहाँका किसान खुसी भएका छन् । गत वर्षको तुलनामा यसवर्ष तरकारीले मूल्य पाएको पूर्वी चितवनको राप्ती नगरपालका–१ का प्रेमबहादुर खुलालले बताउनुभयो ।उहाँले लगाएको गोलभेँडा, घीउ सिमी, काँक्रो लगायतले आहिले बजार मूल्य राम्रो पाएको छ । उहाँले भन्नुभयो, “खेतबाटै बिक्री गर्दा घीउ सिमी र गोलभेँडाको मूल्य राम्रो पाएको छ ।” खेतबाटै बिक्री गर्दा घीउ सिमी रु १२० देखि १३० र गोलभेँडाप्रति क्रेटको रु एक हजार ६०० सयदेखि दुई हजार ६०० सम्ममा बिक्री भएको उहाँले बताउनुभयो ।

    उहाँले अहिले तीन बिघा क्षेत्रफलमा तरकारीखेती गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा तरकारीखेती गर्दै आउनु भएका उहाँ विगतका वर्षको तुलनामा यो वर्ष तरकारीले राम्रो मूल्य पाएको बताउनुहुन्छ । तरकारी खेतीमा ग्रेडिङ् गरेर बिक्री गर्न सके मूल्य राम्रो पाउने उहाँले बताउनुभयो ।

    भरतपुर महानगरपालिका–२१ का शिवराज बराल पनि आँफूले लगाएको तरकारीले मूल्य पाएपछि निकै खुसी हुनुहुन्छ । विगत सात वर्षदेखि व्यावसायीक रुपमा तरकारीखेती गर्दै आउनुभएका उहाँले एक बिघा १० कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो “विगतका वर्षको तुलनामा अहिले तरकारीले मूल्य राम्रो पाएको छ ।” अहिले लौका, काँक्रो, गोलभँेडालगायतले राम्रो मूल्य पाएको जानकारी दिनुभयो ।

    घिरौला, करेलासमेत बिक्रीका लागि बजार खोज्न जानुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । केरुङ्गा कृषि सहकारी संस्थाका अध्यक्ष जनकराज पुरीले गएको तीन महिनायता किसानले तरकारीको मूल्य राम्रो पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “तीन महिनाअघि राम्रो थिएन । अहिले राम्रो छ । ”बजारको अवस्था हेर्दा फेरि मूल्य ओरालो लाग्ने सङ्केत देखिएको उहाँले बताउनुभयो ।

    वर्षमा तीन खेती तरकारी लगाउँदा कुनै न कुनै खेतीमा मूल्य नपाउँदा मर्कापर्ने गरेको उहाँले बताउनुभयो । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले स्थानीय उत्पादनले बजार पाइएन भन्ने गुनासो हुने गरेको भए पनि गुणस्तरीय उत्पादन गर्न सकेमा मूल्य र बजार पाउन कठिन नहुने बताउनुभयो ।

    जिल्लामा हाल सात हजार ७७ दशमलब ९ हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गरिँदै आएको छ । असोजमा परेको पानीका कारण अहिले तरकारी उत्पादन कम भएकाले पनि बजार मूल्य पाएको उहाँले बताउनुभयो । यहाँको तरकारी विदेशी बजारमासमेत माग हुन थालेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँको उत्पादन दुबईमासमेत जान थालेको छ ।”कार्यालयले व्यावसायिक तरकारी खेतीमा मागका आधारमा लगानी गर्दै आएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.