सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सकियो सातौं खिचरा महोत्सव, तीन लाख दर्शकद्वारा अवलोकन


  •    न्युजभित्तो/८ माघ २०७६, बुधबार २२:४८ 
  • चितवन । पूर्वी चितवनको खैरहनीमा आयोजित ‘सातौं खिचरा महोत्सव–२०७६’ को आज समापन गरिएको छ । माघी (खिचरा) पर्वको अवसरमा थारु कल्याणकारिणी सभा, चितवन क्षेत्र नम्वर७ द्वारा आयोजित महोत्सव खैरहनी–५ गौचरनमा ११ दिनसम्म चलेको थियो ।

    महोत्सवको आज एक समारोहकाबीच थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विष्णुकुमारी चौधरीले समापन गर्नुभयो । महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणि चौधरीका अनुसार तीन लाख दर्शकले महोत्सव अवलोकन गरेका छन् ।

    यस्तै आज महोत्सवको अन्तिम दिन पनि विभिन्न साँस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन् । महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुती रहेको थियो । यसपटक महोत्सवको आकर्षणको रुपमा रहेको पोका, घोङीको प्रतिमा र थारु घरमा फोटो खिचाउने दर्शकहरुको भीड लागेको थियो ।

    थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्ष ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवले खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणि चौधरीले बताउनुभयो ।

    महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको थियो । महोत्सवमा यसवर्ष एक सय ५० वटा स्टल रहेका थिए ।

    यसैबीच, सातौं खिचरा महोत्सव अन्तरगत आयोजित खिचरा डान्स आइडलको उपाधि दिपिका चौधरीले जित्नुभएको छ । भोटिङको आधारमा चौधरी विजेता बन्नुभएको हो। दिपिकाले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।

    यस्तै अभिषेक चौधरी द्धितीय र जेनिसा प्रजा तृतीय हुनुभयो । अभिषेकले २० हजार र जेनिसाले १० हजार रुपैयाँ प्राप्त गर्नुभयो। सान्त्वना स्थान हासिल गरेका एके ४७ ग्रुप र आशिष चौधरीले पाँच/पाँच हजार रुपैयाँ प्राप्त गरेका नृत्य समितिका संयोजक हरिशरण चौधरीले जानकारी दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो
    • सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.