सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्मचारी मिलन केन्द्र चितवनमा नयाँ कार्य समितिः अध्यक्षमा खड्का


  •    न्युजभित्तो/१३ पुष २०८२, आईतवार १२:२७ 
  • चितवन, १३ पुस । । कर्मचारी मिलन केन्द्र चितवनको वार्षिक साधारण सभा रत्ननगर नगरपालिका–९ स्थित टिकौली बफर जोनको होमस्टेमा शनिबार सम्पन्न भएको छ । साधारणसभाले आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो।

    जिल्लामा रहेका संघ, प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालय, सार्वजनिक संस्थानलगायतका विभिन्न क्षेत्रलाई समेटेर नयाँ कार्य समिति गठन गरिएको हो । नयाँ कार्य समितिको उपाध्यक्षमा डा गोविन्द कँडेल, सचिवमा विकास वि.क., सहसचिवमा बाबुराम पौडेल, कोषाध्यक्षमा विनम परियार र सह–कोषाध्यक्षमा मनोज पौडेल चयन हुनु भएको छ ।

    यसैगरी कार्य समितिका सदस्यहरूमा देवीराम भण्डारी, शारदा शर्मा, उषा सापकोटा, सविना मिश्र, विजय दराई, मोहनप्रसाद आचार्य, दिनेशप्रसाद कुशवाहा, धनबहादुर के.सी र रमेश अधिकारी रहनु भएको छ ।

    यसअघि कर्मचारी मिलन केन्द्र चितवनका निवर्तमान अध्यक्ष यामनारायण शर्माले कार्यसमिति विघटन गरी तीन सदस्यीय निर्वाचन मण्डलको घोषणा गर्नुभएको थियो। निर्वाचन मण्डलको संयोजकमा ऋषिराम अधिकारी, सदस्यहरूमा डालेश्वर अर्याल र प्रभा भुर्तेल रहनुभएको थियो।

    नवनिर्वाचित कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै चितवन जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश दयाराम ढकालले केन्द्रलाई सल्लाहकारको पदेन भूमिका प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भविष्यमा केन्द्रसँग सहकार्य, समन्वय गर्दै आवश्यक राय तथा सुझाव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    यसअघि कार्यक्रमको उद्घाटन गर्दै कर्मचारी मिलन केन्द्रका संरक्षक एवं चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले केन्द्रले जिल्लामा सरुवा भएर आउने कर्मचारीलाई स्वागत तथा सरुवा भई जाने कर्मचारीलाई विदाइ गर्ने मात्र नभई जिल्लास्थित कार्यालयका कर्मचारीहरूको सुख–दुःखको साथी बन्न सक्नुपर्नेमा जोड दिनुभयो। उहाँले केन्द्रलाई थप सिर्जनात्मक र प्रभावकारी बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

    कार्यक्रममा निवर्तमान अध्यक्ष तथा कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका प्रमुख यामनारायण शर्माले नवनिर्वाचित अध्यक्षलाई कर्मचारी मिलन केन्द्रको डायरी हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो। साथै, विगत दुई वर्षदेखि केन्द्रको गतिविधिमा समय र योगदान पुर्‍याउने निवर्तमान कार्य समिति तथा सम्पूर्ण पदाधिकारी र सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.