सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर महोत्सव : चार लाखले गरे अवलोकन, महोत्सव परिसरमै रक्तदान


  •    न्युजभित्तो/८ माघ २०७६, बुधबार २२:२७ 
  • चितवन । रत्ननगर नगरपालिकाको टिकौली चौरमा जारी दशौँ रत्ननगर महोत्सवको बुधबारसम्म करिब चार लाख दर्शकले अवलोकन गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि शुरु भएको महोत्सवमा बुधबारसम्म तीन लाख ९० हजार दर्शकले अवलोकन गरेका रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समिति संयोजक राजाराम रेग्मीले बताउनुभएको छ ।

    तेह्रौँ दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकको उपस्थिति उत्साहजनक पाइएको रेग्मीको भनाइ छ । स्थानीय उत्पादनको प्रवद्र्धन र नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । यस पटकको रत्ननगर महोत्सवमा निर्माण गरिएको सेल्फी डाँडा अवलोकनकर्ताहरुको सबैभन्दा आकर्षक रह्यो । महोत्सवको समापन माघ ९ गते बिहीबार गरिने रेग्मीले जानकारी दिनुभयो ।

    यसैबीच, चितवनमा बढ्दो रगतको मागलाई मध्यनजर गर्दै महोत्सव स्थलमा नै खुला रक्तदान कार्यक्रम गरिएको छ । जाडोमा रगतको माग बढेपनि आपूर्ति कम हुने गरेको अवस्थामा आफूहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम गरेको रेग्मीले बताउनुभयो । उहाँका अनुसार बुधबार महोत्सव स्थलमा नै आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जना भन्दा बढीले रक्तदान गरेका छन् ।

    महोत्सव अन्तर्गत बुधबार विभिन्न साँस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगिता भएका छन् । रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठकाअनुसार बुधबार चर्चित लोक तथा दोहोरी गायक रामजी खाँणले आफ्ना चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । खाँणसहित महोत्सवको साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।

    बुधबार झुवानी स्कुलमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुबीच दौड प्रतियोगिता गरिएको महोत्सवका खेलकुद संयोजक दिनेश कट्टेलले जानकारी दिनुभयो । विभिन्न व्यक्तिहरु लक्षित कार्यक्रम भइरहँदा फरक क्षमता भएका व्यक्तिहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले महोत्सवमा उनीहरुबीच दौड प्रतियोगिता राखिएको कट्टेलले बताउनुभयो ।

    महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले कृषिलाई प्राथमिकतामा राखिएको र महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनी गरिएको बताउनुभयो । महोत्सवमा विभिन्न व्यावसायिक तथा माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर सहित ५ सय २१ वटा स्टल राखिएको खनालको भनाइ छ । महोत्सवलाई सुरक्षित बनाउनका लागि सिसिटिभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बीमा समेत गरिएको मूल संयोजक रेग्मीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो
    • सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.