आर्थिक रुपमा विपन्न मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस सेवा शुरु
न्युजभित्तो/८ माघ २०७६, बुधबार ११:१९
काठमाडौँ । काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही हुनुभएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले उपकरण सञ्चालन गर्दै सेवा शुरु गर्नुभएको हो ।
यस प्रकारको सेवा सञ्चालन गर्न गएको पुस २ गते नेपाली सेना र कामपाबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सम्झौताबमोजिम आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि महानगरले नेपाली सेनालाई रु तीन करोड उपलब्ध गराउने छ ।
महानगर प्रमुख शाक्यले सेवा शुरु भएपछि महानगरले अवलम्बन गरेको जनस्वास्थ्य नीति तथा योजनाअनुसार उपचारात्मक पद्धतिसँगै प्रवर्धनात्मक स्वास्थ्य कार्यक्रम पनि अघि सारिएको बताउनुभयो । एम्बुलेन्समा चढेका बिरामीले तत्काल प्राथमिक र आकस्मिक सेवा पाउन् भनेर नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेको पनि उहाँको भनाइ छ ।
शाक्यले भन्नुभयो, “शहरी पूर्वाधार निर्माण तथा विकास व्यवस्थापन र सम्पदा संरक्षणसँगै मानवीय सेवाका काममा हामीले निरन्तर सहयोग गरिरहेका छौँ । अस्पतालमा गरिब र निमुखा जनताले सरल सेवा प्राप्त गर्न सकुन् भन्ने हेतुले हामीले स्वास्थ्य सेवा सञ्चालन गरिरहेका अस्पतालहरुसँग सहकार्य गरेका हौँ ।”
सम्झौताबमोजिम मिर्गौला बिरामीका लागि हेमोडाइलासिस सेवासँगै वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी ज्येष्ठ नागरिकका लागि ओपीडी सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ । थप उपकरण र जनशक्तिको व्यवस्थापन हुनुअघि पहिलो चरणमा महानगरको वडाबाट विपन्नताको र जनस्वास्थ्य महाशाखाबाट उपचारको सिफारिस प्राप्त गरेका बिरामीलाई अस्पतालबाट हेमोडाइलासिस सेवा उपलब्ध हुनेछ ।
थप उपकरण र जनशक्ति नथपुञ्जेल अहिलेका लागि अस्पतालमा भएकै स्रोत साधनबाट एक सिफ्ट थप गरी प्रति दिन नौ देखि १२ जना बिरामीका लागि हेमोडाइलासिस सेवा दिइनेछ । त्यसलाई वृद्धि गर्दै भौतिक पूर्वाधारलगायतका स्रोत साधन थपेपछि सेवा थप विस्तार गर्दै लगिने अस्पतालले जानकारी गराएको छ ।
महानगरले शहरी स्वास्थ्य क्षेत्रको प्रवर्धनका लागि अन्य स्वास्थ्य संस्थाहरुसँग पनि सहकार्य गरिरहेको छ । रगतमा भएका तत्व छुट्याउने प्रणाली जडान गर्न कान्ति अस्पतालसँग यसअघि सम्झौता भइसकेको छ भने अक्सिजन प्लान्ट स्थापना गर्न गङ्गालाल हृदय रोग केन्द्रसँग सम्झौता गर्ने तयारी कामपाको छ ।