सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै


  •    न्युजभित्तो/८ पुष २०८२, मंगलवार १२:२४ 
  • कास्की, ८ पुस । पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना हटाउने भएको छ । यसका लागि महानगरले सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको छ ।

    महानगरभित्र पर्ने राजमार्ग क्षेत्र र नगर क्षेत्रका प्रमुख सडकका वर्कसप र कवाडी सङ्कलन केन्द्रहरूलाई हटाउने तयारी सुरु गरिएको हो । पृथ्वी राजमार्गको पोखराको प्रवेशद्धार कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म र पोखरा बाग्लुङ राजमार्गको जिरोकिमीदेखि फेदीसम्मका सडकका दायाँका वर्कसप हटाउनका लागि महानगरले सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको छ ।

    त्यसैगरी, नगर क्षेत्रका प्रमुख सडकको दायाँबायाँका सटर तथा खाली जमिनमा सञ्चालन भइरहेका कवाडी सङ्कलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योगका कारण सवारी आवागमनमा कठिनाइ भएको, सहरी सौन्दर्यमा खलल पुगेको महानगरले जनाएको छ । “यस्ता उद्यमबाट महानगरको वातावरणीय स्वच्छता कायम गर्न प्रतिकूल प्रभाव परेकाले यस्ता उद्योग अन्यत्र व्यवस्थापनका लागि सूचना गरिएको हो”, महानगर प्रमुख धनराज आचार्यले भन्नुभयो ।

    यस्तै, महानगरले तोकिएका क्षेत्रमा सञ्चालनमा रहेका हार्डवेयर पसल, डिपो तथा अन्य व्यवसायीलाई समेत सडकपेटीमा निर्माण सामग्री र साइनबोर्डलगायत वस्तु तथा सामग्री नराख्न आग्रह गरेको छ । महानगरपालिकाको अनुरोधलाई अटेर गरी तोकिएका क्षेत्रमा यस प्रकतिका व्यवसाय तथा उद्यम सञ्चालन तथा सामग्री राखेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने महानगर प्रमुख आचार्यले बताउनुभयो ।

    राजमार्ग र मुख्य सडक क्षेत्रका वर्कसपलगायतका उद्यम हटाउने अभियानलाई साथ दिन पनि महानगरले नगरवासीमा अपिल गरेको छ । “महानगरको यस निर्णय परिपालना गर्ने÷गराउने सन्दर्भमा आवश्यक सहयोग तथा सहजीकरण गरिदिनुहुन सम्बन्धित घरधनी, व्यवसायी, नागरिक समाज र स्थानीय प्रशासनलाई अनुरोध गरिन्छ”, सूचनामा भनिएको छ ।

    पोखराका मुख्य बजार क्षेत्रमा ट्राफिक जामको कारक अव्यवस्थित पार्किङसहित मुख्य सडकसँगै जोडिएर खुलेका ग्यारेज र वर्कसपलाई समेत लिइएको छ । जसका कारणले ट्राफिक जामको समस्या भएको तथा बीच सडकमै मर्मत गर्न ल्याइएका सवारीसाधन रोकिनाले सडक साँघुरिँदा जाम भएको बताइन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नरभक्षी बाघ खोरमा
    ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
    • प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    • शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    • मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.