सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

असी दलित बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै लहान नगरपालिका


  •    न्युजभित्तो/८ पुष २०८२, मंगलवार १२:२१ 
  • सिरहा, ८ पुस । लहान नगरपालिकाअन्तर्गत रहेका दलित तथा मुसहर बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिने भएको छ । नगरपालिकाको शिक्षा शाखाले दलित बस्तीमा ट्युसन कक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ तयार गरी कार्यक्रम अगाडि बढाएको हो ।

    कार्यविधिअनुसार ट्युसन कक्षा सञ्चालनका लागि शिक्षक पदमा दरखास्त आह्वान गरिएकामा माग गरिएको ३५ पदका लागि करिब १५० जनाको आवेदन परेको शिक्षा शाखा अधिकृत अमिरी यादवले जानकारी दिनुभयो । “मागभन्दा धेरै दरखास्त परेपछि निष्पक्ष छनोटका लागि लिखित परीक्षा लिने निर्णय गरेका छौँ । पुस २५ गते लिखित परीक्षा आयोजना गरी शिक्षक छनोट गरिनेछ”, शिक्षा उहाँले भन्नुभयो । उहाँका अनुसार शिक्षक छनोट गर्दा स्थानीय तथा सम्बन्धित समुदायका व्यक्तिलाई प्राथमिकता दिइनेछ । छनोट भएका शिक्षकलाई मासिक रु १० हजार पारिश्रमिक उपलब्ध गराइनेछ ।

    लहान नगरपालिकाका २४ वटै वडामा करिब ८० टोल दलित तथा मुसहर बस्ती रहेको र ती बस्तीमै ट्युसन कक्षा सञ्चालन गरिने यादवले जानकारी दिनुभयो । “ट्युसन कक्षा बिहान वा बेलुका दैनिक दुई घण्टा सञ्चालन हुनेछ”, उहाँले थप्नुभयो ।

    नगरपालिकाले गरेको सर्भेअनुसार ८० टोल दलित तथा मुसहर बस्तीमा करिब एक हजार २०० जना दलित बालबालिका छन् । आगामी माघको पहिलो हप्ताबाट ट्युसन कक्षा सञ्चालन गर्ने तयारी गरिएको र कक्षा सञ्चालनपछि अनुगमनका लागि एक जना अनुगमनकर्ता पनि खटाइने शिक्षा शाखाले जनाएको छ ।

    नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ का लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्न रु ३० लाख बजेट विनियोजन गरिएको छ । “दलित तथा मुसहर बालबालिका विद्यालयमा नियमितता नहुने समस्या देखिएको छ । ट्युसन कक्षाले उनीहरूलाई पढाइमा निरन्तरता दिन सहयोग गर्ने विश्वास लिएका छौँ”, नगरप्रमुख चौधरीले भन्नुभयो । नगरपालिकाले यो कार्यक्रममार्फत शिक्षाबाट पछि परेका समुदायका बालबालिकाको शैक्षिकस्तर उकास्ने लक्ष्य लिएको जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
    • नरभक्षी बाघ खोरमा
    • ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    • ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.