सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु


  •    न्युजभित्तो/८ पुष २०८२, मंगलवार १२:१७ 
  • महोत्तरी, ८ पुस । गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखु पेल्न) थालेको छ । उद्योगले सोमबार यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो । गत वर्ष उद्योगले मङ्सिर २६ गते नै क्रसिङ थालेको थियो ।

    गत वर्षभन्दा दुई साता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई भने उखु पर्याप्त पुगेको छैन । किसानले उखु काटेर पुर्याउन नसक्दा उद्योगलाई उखु अपुग भएको हो ।

    “हामीले क्रसिङ खोल्यौँ, तर क्षमताअनुसार उखु निकै कम आएको छ”, उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्ला भन्नुहुन्छ, “यसले गर्दा रोकीरोकी क्रसिङ गर्नुपरेको छ ।” दैनिक ५५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता छ, तर उद्योगमा पहिलो दिन आएको उखु १५ हजार क्विन्टल नाघेन”, उहाँ भन्नुहुन्छ, “यसले गर्दा रोकीरोकी क्रसिङ गर्नुपर्ने अवस्था छ ।” उद्योगललाई कम्तीमा पनि घानमै ३० हजार क्विन्टल उखु चाहिने उहाँको भनाइ छ ।

    किसानले अहिलेको मौसमको प्रतिकूलताले उखु कटानमा समस्या भएको बताएका छन् । “उखु काटेर चाँडै उद्योगमा पुर्याउन हामीलाई पनि हतारो छ, तर निकै जाडो बढेको हुँदा जनशक्ति पाइएको छैन”, भङ्गाहा–४ का उखु किसान अरुण गिरी भन्नुहुन्छ, “अब एकदुई दिनमै कटानले गति समात्ला ।”

    सरकारले यसपालि गत मङ्सिर २२ गते उखुको मूल्य निर्धारण गरेको थियो । यस वर्षका लागि उद्योगले प्रतिक्विन्टल रु ६२० र सरकारले अनुदानबापत ७० रुपैयाँ दिने तोकेको छ । यो गत वर्षभन्दा रु ७० बढी हो । गत वर्ष उखुको मूल्य ५८५ र अनुदान ३५ रुपैयाँसहित किसानले प्रतिक्विन्टल ६२० रुपैयाँ पाएका थिए । यसपालिलाई उखुको मूल्य र अनुदानसहित ७५० पाउनुपर्ने माग राख्दै आएका किसानले थोरै भए पनि भाउ बढ्दा सन्तोष देखाएका छन् ।

    जिल्लामा यसपालि नौ हजार ६०० बिघामा उखुखेती गरिएको छ । यसमध्ये पाँच हजार बिघाको खुट्टी (दोस्रो वर्षको बाली) र चार हजार ६०० बिघाको मुडन (पहिलो वर्षको बाली) रहेको उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
    • नरभक्षी बाघ खोरमा
    • ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    • ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.