सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’


  •    न्युजभित्तो/७ पुष २०८२, सोमबार १७:३४ 
  • तानसेन (पाल्पा), ७ पुस । यहाँको तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी गरिएको छ । तानसेन गुठी पाल्पाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई उजागर गर्दै तानसेनका पर्यटकीय गन्तव्यलाई देश तथा विदेशमा चिनाउने उद्देश्यसहित तीन दिने प्रदर्शनी आयोजना गरेको हो । 

    यही पुस ६ गतेदेखि पाल्पा दरबार सङ्ग्रहालय परिसरमा चित्रकला तथा फोटो प्रदर्शनी भइरहेको छ । प्रदर्शनी भोलि ९मङ्गलबार० सम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा तानसेनका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विषयवस्तु समेटिएका फोटा र चित्रहरू राखिएका छन् । 

    तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय भाषा, कला, संस्कृति र भेषभूषाले चित्रकला तथा फोटो प्रदर्शनीमा महत्व पाएका जानकारी दिनुभयो । प्रदर्शनीले आन्तरिक तथा बाह्य पर्यटकलाई तानसेनप्रति आकर्षित गर्ने अपेक्षा आयोजकले गरेको छ ।

    प्रदर्शनीले तानसेनको इतिहास, सभ्यता र पर्यटन सम्भावनालाई प्रचारप्रसार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रदर्शनीको अवलोकन गर्न पुग्नुभएका नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनीले स्थानीय कला र संस्कृतिलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने योजना बनाएको छ । यसले नगरको आर्थिक गतिविधि चलायमान बनाउन सकिन्छ भन्ने विश्वास जगाएको छ ।” तानसेनमा थुप्रै पर्यटकीय र धार्मिक स्थलहरू भए पनि प्रभावकारी प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेकाले यस्ता प्रदर्शनीले महत्वपूर्ण हुने उहाँको  भनाइ छ । 

    तानसेन केवल ऐतिहासिक सहर मात्र नभई जीवन्त संस्कृति बोकेको पर्यटकीय गन्तव्य भएकाले यस क्षेत्रको प्रचारप्रसारका लागि प्रदर्शनी आयोजना गरिएको तानसेन गुठी काठमाडौँका अध्यक्ष जीवनज्योती बज्राचार्यले बताउनुभयो ।

    तानसेन गुठी पाल्पाका अध्यक्ष शकुन्तला बज्राचार्यले मगरहरूको शासनकालदेखि सेन वंशीय शासकहरूले राज्य विस्तार गरेको इतिहास, राणाकालीन समयमा नेपालको प्रमुख प्रशासनिक केन्द्रका रूपमा रहेको तानसेनको गौरवशाली पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउनु आवश्यक रहेकाले फोटो प्रदर्शनी राखिएको उल्लेख गर्नुभयो ।

    तानसेन पर्यटन समितिका संयोजक सागरमान महर्जनले यस्ता सिर्जनात्मक कार्यक्रमहरूले पर्यटकलाई लामो समयसम्म तानसेनमा बस्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनी अवलोकनमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेखीय सहभागीता रहेको आयोजकले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
    • नरभक्षी बाघ खोरमा
    • ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    • ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.