सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा पुनः विनोद पोखरेल


  •    न्युजभित्तो/४ पुष २०८२, शुक्रबार १९:४० 
  • चितवन, ४ पुस । नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा पुनः विनोद पोखरेल निर्विरोध निर्वाचित हुनु भएको छ । भरतपुरमा आज सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

    समितिको प्रथम उपाध्यक्षमा जोतेन्द्र श्रेष्ठ, द्वितिय उपाध्यक्षमा अमोद खनाल, महासचिवमा भेषराज अर्याल, सचिवमा मदन पोखरेल, सहसचिवमा विवेक निरौला, कोषाध्यक्षमा प्रकाश चापागाई र बरिष्ठ सदस्यमा राजेन्द्र लामिछाने रहनु भएको छ ।

    यसैगरी समितिको सदस्यहरुमा राजु अधिकारी, संजिव खनाल, विवेक भट्ट, ललित जिसी, गंगाराम भट्टराई, भरत शर्मा, ध्रुव शर्मा र कृष्ण आले रहनु भएको छ ।

    समितिले सुनिलकुमार शाक्य, त्रिलोचन कँडेल, शिजीप्रसाद कलवार र ठाकुरप्रसाद भट्टराईलाई सल्लाहकारमा चयन गरेको छ ।

    साधारणसभामा पशु सेवा विभागका महानिर्देशक डा. रामानन्द तिवारीले निजी क्षेत्रको सक्रियतामा सरकारी निकायका विज्ञहरुबाट अण्डाको लागत मूल्य तय गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । हालै संघले विज्ञ समूह बनाएर अण्डाको लागत मूल्य रु. १९.१२ कायम गरेको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुको समूहले अध्ययन गरेर मूल्य प्रस्ताव गरेको थियो । किसान एवं व्यवसायीहरुले नयाँ लागत मूल्य सरकारी निकायबाट अनुमोदन गरिदिन अनुरोध गरेपछि महानिर्देशक तिवारीले सो कार्यको प्रशंसा गर्नुभएको हो । उहाँले भन्नुभयो “उपभोक्ता र किसानलाई लाभ हुन गरी लागत मूल्य निर्धारण भएको मलाई खुशी लागेको छ ।”

    कार्यक्रममा उहाँले अब अण्डाको खपत बढाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अब नेपालीको भोजनमा अण्डाको बानी बसाल्नुपर्छ ।”

    नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट व्यवसायिक रुपमा धेरै लगानी गर्नेहरुले संस्थाको नेतृत्व गर्दा संस्था बिग्रन नपाउने बताउनुभयो । कुखुरा पालन क्षेत्रमा सानासाना कुरामा ध्यान दिन आग्रह गर्दै नयाँ प्रविधिको प्रयोग गरेर लागत घटाउनु पर्ने उहाँले बताउनुभयो ।

    पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले लागत अनुसारको मूल्य नपाउँदा धेरै किसान विस्थापित भएको भन्दै अब निर्धारण भएको लागत मूल्य पाउने गरी बजारको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । राज्य पक्षले गर्नुपर्ने सहयोग गर्न नसक्दा पोल्ट्री क्षेत्र धरासायी बन्दै गएको अवस्थामा निजी क्षेत्रको सक्रियताबाट पूर्ववत अवस्थामा फर्कन लागेको बताउनुभयो ।

    मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने र नेपाल अण्डा उत्पादक संघका पूर्व अध्यक्ष त्रिलोचन कँडेलले पोखरेलको नेतृत्वमा आफूहरुसहितको केही व्यवसायीहरु निरन्तर लागेका कारण धरासायी भएको अण्डाको बजार विस्तारै सुधार हुँदै गएको बताउनुभयो । लागत मूल्य पाउने अवस्थामा किसानहरु पुगेको भन्दै उहाँहरुले विज्ञ समूहहरुले तयार गरेको लागत मूल्यलाई सरकारले अनुमोदन गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष विशाल चापागाई, दाना उद्योग संघका उपाध्यक्ष गोपाल टण्डन लगायतले शुभकामना दिनु भएको थियो ।

    नवनिर्वाचित अध्यक्ष विनोद पोखरेलले बि.सं. २०७९ असोज २९ गते संघ स्थापना गरी अनवरत रुपमा देशभरी छरिएर रहेका उत्पादक र वितरकसँग समन्वयकारी भूमिका खेल्दै आजको अवस्थामा ल्याउन सफलता मिलेको बताउनुभया । यहाँसम्म आईपुग्नमा राज्यका सरोकारवाला निकाय, सुरक्षाकर्मी, पोल्ट्रीसँग आवद्ध संघ संगठनहरुको रचनात्मक सहयोगको भूमिका रहेको उहाँले बताउनुभयो । तत्कालिन समयमा संघ स्थापना भएर बजारीकरणमा नलागेको भए अहिले नेपाल अण्डामा आत्मनिर्भर अवस्थामा नहुने उहाँले बताउनुभयो ।

    साधारणसभाको अवसरमा संघलाई विभिन्न तरिकाले सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । दुई वर्षे कार्यकाल रहने समितिमा पोखरेल तेस्रो पटक अध्यक्ष बन्नु भएको हो । संघमा दुई सय ५० सदस्य रहेका छन् । यो क्षेत्रमा एक सय ५० अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको व्यवसायीको भनाई छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.