सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा


  •    न्युजभित्तो/३ पुष २०८२, बिहीबार १३:२३ 
  • काठमाडौँ, ३ पुस । नेपाल–कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया–नेपाल बी२बी व्यापारिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना हुने भएको छ ।

    आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको कार्यक्रम कम्बोडियाको जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड ९जेयसएम कम्बोडिया० द्वारा आयोजना हुने छ भने नेपालको सिजन मिडियाले कार्यक्रमको व्यवस्थापन गर्ने बताइएको छ ।

    कार्यक्रममा नेपालतर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स,लगायत पर्यटन, उड्डयन, यात्रा–पर्यटन, उत्पादन, संस्कृति, प्रविधि तथा आयात–निर्यात क्षेत्रका व्यावसायिक प्रतिनिधिहरूको सहभागिता रहनेछ । कम्बोडियातर्फबाट कम्बोडिया चेम्बर अफ कमर्स, पर्यटन तथा आतिथ्य सङ्घ संस्था, उड्डयान कम्पनी, निजी लगानी समूह, व्यापारिक संस्था तथा सांस्कृतिक–सिर्जनात्मक क्षेत्रका प्रतिनिधि सहभागी हुने कार्यक्रम संयोजक रामप्रसाद पाध्याले जानकारी दिनुभयो । उहाँका अनुसार एसियन मुलुकका व्यवसायी, कलाकार, उद्यमी र नवप्रवर्तकहरूलाई नेटवर्किङ र अनुभव आदानप्रदानको प्लेटफर्म पनि प्रदान गर्नेछ ।

    यसमार्फत नेपाल र कम्बोडियाबीचको द्विपक्षीय मित्रता, सांस्कृतिक कूटनीति र पर्यटन प्रवद्र्धनलाई थप बल मिल्ने अपेक्षा गरिएको गैरआवासीय नेपाली सङ्घ कम्बोडियाका पूर्व अध्यक्ष एवं व्यवसायी लालसिंह खड्काले बताउनुभयो । कार्यक्रमअन्तर्गत नेपाल–कम्बोडियाका व्यवसायीकहरुबीच लगानी तथा व्यापारीक भेटघाट, क्षेत्रगत छलफल, व्यापारिक नेटवर्किङ तथा नीतिगत संवाद सञ्चालन गरिनेछ । पर्यटन तथा आतिथ्य, उड्डयन, यात्रा सेवा, कृषि, उत्पादन, रियल स्टेट, सांस्कृतिक तथा सिर्जनात्मक उद्योग र डिजिटल नवप्रवर्तन जस्ता उच्च सम्भावनायुक्त क्षेत्रमा संयुक्त लगानी र सहकार्यका अवसर पहिचान गरिनेछ । कार्यक्रमको विशेष आकर्षणका रूपमा दुवै देशबीचको आर्थिक विकास, नवप्रवर्तन र द्विपक्षीय सहकार्यमा योगदान पु¥याउने उत्कृष्ट उद्यमी, उद्योगपति तथा संस्थाहरूलाई ‘इन्टरनेशनल एक्सिलेन्स अवार्डबाट सम्मान गरिनेछ । यो अवार्ड समारोहले कम्बोडियालगायत एसियन मुलुकका विभिन्न क्षेत्रमा सफल र सक्रिय उद्योगी, कलाकार, नवप्रवर्तन, पर्यटन, शिक्षा र स्वास्थ्यलगायत विभिन्न क्षेत्रका असाधारण योगदान दिएका व्यक्तित्व र संस्थाहरूलाई अवार्ड सम्मान प्रदान गर्नेछ ।

    एसियन मुलुकभरका पेसागत र संस्थागत व्यक्तित्वको योगदानलाई मान्यता दिने र अन्तरराष्ट्रिय सहयोग तथा सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड प्रदान गर्न लागिएको कार्यक्रम व्यवस्थापक प्रदीपराज वन्तले बताउनुभयो । अन्तरराष्ट्रिय व्यापार सम्मेलन २०२६ कार्यक्रम केवल व्यापारिक भेटघाट मात्र नभइ दुवै देशबीच दीर्घकालीन साझेदारी, जनस्तरको सम्बन्ध विस्तार र साझा समृद्धिको आधार निर्माण गर्ने महत्वपूर्ण मञ्चको रुपमा रहेको र यसले द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन विकास र लगानी विस्तारमा उल्लेखनीय योगदान पु¥याउने विश्वास गरिएको व्यवसायी खड्काले बताउनुभयो ।

    यसैबीच कम्बोडियाका चेम्बर अफ कर्मसका डाइरेक्टर जनरल डेपुटी डाइरेकटर जनरललगायत अन्य पदाधिकारी र नेपाल चेम्बरआफ कर्मसका अध्यक्षलगायत अन्य प्रतिनिधि र विभिन्न व्यवसायीहरुसँग भेटघाट भइसकेको छ । कम्बोडिया सरकारका पर्यटन उपमन्त्रीका राज्य सचिव डा थोक सोखोम, पर्यटन मन्त्रालयका सचिव कुच पन्नहासा र कम्बोडियन ट्रेड प्रमोशन एसोसिएसनका संस्थापक अध्यक्ष जेसी म्याककुलसँग दुई देशबीचको पर्यटन आदानप्रदान प्रवद्र्धन तथा नेपाल र कम्बोडियाका व्यवसायीबीच हुने व्यावसायिक भेटघाट कार्यक्रमलाई कसरी व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको कार्यक्रम संयोजक पाध्याले जानकारी दिनुुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
    • दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    • सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    • मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.