सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पौष्टिक आहारका लागि सोइ


  •    न्युजभित्तो/२ पुष २०८२, बुधबार १५:१८ 
  • मनाङ, २ पुस । हिउँदयामको मध्य समयमा देशभर चिसो बढेको छ । पहाड र तराईमा चिसो बढेसँगै हिमाली क्षेत्रमा पानी जमेका छन् भने चिसो अत्यधिक बढेको छ । मनाङमा चिसो बढ्दै जाँदा यहाँ पशुपालनको रुपमा याकचौँरी र भेडापालन हो । चिसो बढेसँगै लेकको खर्कमा पु¥याइएका याकचौँरी बेँसी झारिन्छ । तीन हजारदेखि पाँच हजार मिटर उचाइबाट झारिएका याकचौँरीलाई बेँसीअर्थात् एक हजार ७०० मिटर उचाइमा राखिन्छ । 

    चिसोमा याकचौँरी तथा अन्य पशुलाई घाँस पूर्ण रुपमा सुकेर आहारको कमी हुने गर्दछ । त्यसको अभाव पूर्ति गर्न पशुपालक किसानले घरेलु खाद्यवस्तुको प्रयोग गरी जैविक आहार खुवाउने गर्दछन् । जैविक आहारले याकचौँरीलगायतका पशुचौपायलाई पौष्टिक आहारसमेत पूरा गर्दछ । 

    मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका याकचौँरीपालक किसान याञ्छु खाण्टा लामा भन्नुहुन्छ, “पहिलापहिला बँेसीमा पशुचौपाया झारे पनि घाँसपात पाइन्थ्यो, अहिले मुस्किल छ, हिउँ कम परेपछि पानी पाउँदैन र घाँस उम्रिनै छोड्यो, आहार खुवाउनै मुस्किल छ, आफैँले बनाउन सकिएन भने याकचौँरी पाल्न समस्या छ, किसानलाई त समस्या नै समस्याले घेरिएको छ ।” 

    अहिले आहार खुवाउन र जोहो गर्नै समस्या भएको उहाँ बताउनुहुन्छ । “खेती तथा पशुपालक किसानलाई त मौसमले पनि ठगेको छ”, उहाँ भन्नुहुन्छ, “धेरै पशुचौपायलाई आहार पु¥याउनै समस्या छ ।” यहाँका पशुपालकले घाँसको अभाव पूरा गर्न जौ, करु, उवा, गहुँ, फापरको डाँठको मिश्रणबाट आहार बनाएर खुवाउने गरिन्छ । 

    नासोँ गाउँपालिका–८ ताचैका पशुपालक किसान याद घले घाँसको अभावमा याकचौँरी, भेडाच्याङ्ग्राले माटो चाटेर बाँच्ने गरेको बताउनुहुन्छ । “हिउँ परे पो यहाँको पालुवा पलाउँछ र पशुचौपायलाई घाँस हुन्छ”, उहाँ भन्नुहुन्छ, “एउटै गोठमा २०० भन्दामाथि याकचौँरी र भेडाच्याङ्ग्रा पालिन्छन्, आफैँले घाँस, दाना खरिद गरेर पाल्न सक्ने अवस्था छैन ।” प्राकृतिक हिसाबले समयमा हिउँ पर्ने पानी पर्ने भएमा घाँस सहज रुपमा उपलब्ध हुने उहाँको भनाइ छ । 

    “अरु घाँस पाइँदैन यतिबेला सुकेका पातपतिङ्गर खुवाउने गरिएको छ”, घले भन्नुहुन्छ, “पुस १५ पछि सोइ (दाना) खुवाउने गरिन्छ, करिब पुसदेखि फागुन, चैतसम्म याकचौँरी र भेडाच्याङ्ग्रालाई घाँसको समस्या हुन्छ ।” जौ, करु, उवा, गहुँ, फापरको डाँठ गाईगोरु, याकचौँरीलाई भए पनि भेडाच्याङ्ग्रालाई घाँस पु¥याउन नसकिने उहँको भनाइ छ । घाँस नपाइने मौसममा हिउँ परे अझ घाँस खान नपाएर पशुचौपाय मर्ने गरेका उहाँ बताउनुहुन्छ । 

    सरकारको पक्षबाट शतप्रतिशत अनुदानमा सोइ (दाना) को अभाव पूरा गर्न सहयोग पाएमा मनाङका युवालाई पशुपालनमा प्रेरित गर्न सकिने घले बताउनुहुन्छ । यहाँको मुख्य आय पर्यटन व्यवसाय, खेतीपाती र कृषि हो, यसैमा निरन्तरता दिन सरकारले प्राथमिकताका साथ अनुदान उपलब्ध गराउनतर्फ ध्यान दिनुपर्नेमा उहाँको जोड छ । सुकेका डाँठलाई पशुचौपायले खाए पनि मल हुन्छन् भने नखाएका डाँठ प्राङ्गारिक मल ९सोइ० बनाउन प्रयोग गरिन्छ । यसले पशुचौपायलाई न्यानो बनाउने कार्यसमेत गर्ने गरेको किसान बताउँछन् । 

    हिउँ पर्ने वा चिसो बढ्दै जाँदा यहाँका याकचौँरीलाई आहार पु¥याउन सकस हुने गरेको नेपाल याकचौँरीपालक किसान महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकालीले बताउनुभयो । समयमा हिउँ नपर्दा पालुवा नपलाउने र सुक्खापन बढ्ने क्रममा रहेको उहाँले बताउनुभयो । 

    “मनाङको तल्लो क्षेत्रमा डाले घाँस लगाएर हरियो घाँस नै खुवाउन सकिने देखिएको छ । तर, माथिल्लो क्षेत्रमा बढी सुक्खापनले घाँस पूर्ण रुपमा अभाव नै हुन्छ”, उहाँले भन्नुभयो, “बाहिरबाट दाना किनेर ल्याउनुपर्ने बाध्यता बनेको छ, दाना किन्न भने सहज छैन ।” बजारसँग सहज पहुँच नहुँदा ढुवानी र दाना खरिद गर्न किसानले सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । 

    यहाँका पशुपालक किसानले पौष्टिक आहार तथा पशुचौपायलाई बचाउन यहाँ उत्पादित खाद्यवस्तुका साथै सुकेका डाँठको उपयोग गर्न बाध्य भएका थकालीले बताउनुभयो । यहाँको मौसम तथा माटो सुहाउँदो घाँस लगाउन तथा उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । 

    “खेती पनि वर्षमा एक सिजन मात्रै हुने हुँदा सुकेका डाँठ पनि पु¥याउन मुस्किल हुने गर्दछ, यसले पौष्टिक आहारको अभावले पशुचौपायामा दुब्लोपना देखिन्छन्”, उहाँले भन्नुभयो, “यसकै कारण पशुपालनबाट युवाको आकर्षण हुनुपर्नेमा विकर्षण हुने गरेको पाइएको छ ।” 

    यहाँका पशुपालक किसानले घाँसको अभाव पूरा गर्न जैविक रुपमा दाना ९सोइ० बनाएर खुवाउने गरेका छन् । यहाँ गरिने खेतीपाती (गहुँ, करु, कोलो बोडी, फापर, जौँ) लगायत रैथाने बालीका सुकेका डाँठलाई खुवाएर बचाउने गरिन्छ । घाँस नपुगेर हुनसक्ने याकचौँरीको दुर्बलतालाई सोइले पौष्टिक तथा भिटामिनसमेत पूरा हुने गरेको किसान बताउँछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
    • दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    • सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.