सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो


  •    न्युजभित्तो/२ पुष २०८२, बुधबार १२:५७ 
  • कञ्चनपुर, २ पुस । यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि लाग्ने हुस्सु–कुहिरो दिउँसो पखसम्म नहट्दा जनजीवन प्रभावित हुन थालेको हो । बढ्दो चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प्रभावित हुन थालेका छन् ।  चिसोले दैनिक जनजीवनसँगै आवतजावत र स्वास्थ्यमा समेत असर पारेको स्थानीयको भनाइ छ ।

    हुस्सु र कुहिरोका कारण बिहानको समयमा सवारीसाधन सञ्चालनमा समेत कठिनाइ भइरहेको छ । बस चालक राजेन्द्रबहादुर ऐरका अनुसार दृश्यता (भिजिबिलिटी)अत्यन्त कम हुने भएकाले सवारी चलाउन जोखिम बढेको छ । “अगाडिदेखि नै गाह्रो हुन्छ, त्यसैले गति कम गरेर सावधानीपूर्वक सवारी चलाउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

    चिसोका कारण बिहानै विद्यालय जाने बालबालिका कठ्याङ्ग्रिने गरेका छन् । बाक्लो कुहिरो र चिसो हावाले विद्यार्थीलाई विद्यालय जान समस्या भएको अभिभावकको गुनासो छ । हुस्सु र कुहिरोले किसानलाई पनि असर गरेको छ । खेतबारीमा लगाइएका तरकारी बालीमा डढुवाको प्रकोप देखिन थालेको किसानले बताएका छन् । लालझाडीका किसान रामप्यारा चौधरीका अनुसार आलु र गोलभेडाखेतीमा डढुवाको समस्या देखिन थालेको छ । “लगातार हुस्सु र चिस्यानका कारण बालीमा रोग फैलिन थालेको छ”, उहाँले भन्नुभयो ।

    चिसो बढेसँगै सर्वसाधारण बाक्लो लुगा नलगाइ बाहिर ननिस्कने अवस्था आएको छ । झलारीका स्थानीय रामबहादुर चुनाराका अनुसार अत्यधिक चिसोका कारण बिहान–साँझ घरबाहिर निस्कँदा बाक्लो लुगा लगाउनैपर्ने बाध्यता छ ।

    स्वास्थ्य संस्थामा पनि चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्यकर्मी प्रेम धामीका अनुसार स्वास्थ्य संस्थाहरुमा रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढ्दो छ । “विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक चिसोबाट बढी प्रभावित देखिएका छन्”, उहाँले भन्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
    • दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    • सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    • मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.