सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते


  •    न्युजभित्तो/१ पुष २०८२, मंगलवार १७:३२ 
  • फिक्कल (इलाम), १ पुस । पयटन प्रवर्द्धन गर्ने उद्देश्यले आज इलाममा आयोजित ‘रेडपाण्डा म्याराथन’को उपाधि पुरुषतर्फ गजेन्द्र राई र महिलातर्फ निर्मला राईले जितेका छन् ।

    इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको निर्धारित ४४.२ किलोमिटर दूरी गजेन्द्र राईले ४ घण्टा १२ मिनेट १० सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । उनले उपाधिसँगै नगद रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । महिलातर्फकी निर्मला राईले पाँच घण्टा २० मिनेट ३६ सेकेण्डमा दौड पूरा गरिन् । उनले उपाधिसँगै नगद रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरिन् । 

    चार घण्टा १३ मिनेट ५९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै पुरुषतर्फ करण रावल दोस्रो भए । उनले नगद रु एक लाख पुरस्कार प्राप्त गरे । तेस्रो स्थान प्राप्त कर्णबहादुर रोक्काले चार घण्टा १९ मिनेट ३८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नगद रु ५० हजार प्राप्त गरे भने चौथो स्थान प्राप्त गरी श्रीकास राईले नगद रु ३० हजार पुरस्कार प्राप्त गरे । 

    विजेता सबै विभागीय टिम त्रिभुवन आर्मी क्लबको भएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिए । सुनसरी रोकायले पाँच घण्टा ४० मिनेट ३९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ दोस्रो भइन् । उनले पनि नगद रु १ लाख पुरस्कार प्राप्त गरिन् । 

    तेस्रो स्थान प्राप्त गर्दै कल्पना बुढाले नगद रु ५० हजार र चौथो स्थान प्राप्त गरी राज्यलक्ष्मी शाक्यले नगद रु ३० पुरस्कार प्राप्त गरिन् ।

    त्यसैगरी स्थानीय विधातर्फको उपाधि राजेन्द्र म्याङ्बो जितेका छन् । उनले नगद रु २५ हजार पुरस्कार प्राप्त गरे । विशाल राई दोस्रो भए । उनले नगद रु २० हजार,  तेस्रो स्थान प्राप्त रमेश लिम्बूले नगद रु १० हजार र चौथो स्थान प्राप्त टङ्क आले मगरले नगद रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

    म्याराथनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतकासमेत गरी पुरुषतर्फ ६२ जना र महिलातर्फ ११ जना धावकहरु सहभागी थिए । धावकहरुले इलाम सदरमुकामस्थित चोक बजार ९११२० मिटर उचाइ० बाट सन्दकपुरडाँडा (३६१० मिटर उचाइ) सम्म दौडेका थिए । 

    रेडपाण्डा नेटवर्क, सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाको सहयोगमा दीपज्योति युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो । लोपोन्मुख रेडपाण्डा (हाब्रे) संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको म्याराथनले सन्दकपुर गाउँपालिकाको मात्र नभइ समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.