सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक विद्यालयलाई भौतिक सामग्री वितरण


  •    न्युजभित्तो/१ पुष २०८२, मंगलवार १७:०८ 
  • सिरहा, १ पुस । यहाँको लहान नगरपालिकाले सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीहरूलाई उपयुक्त शैक्षिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई भौतिक सामग्री वितरण गरेको छ । यसै क्रममा आज नगरपालिकाले कूल ३३० थान नयाँ डेस्कबेञ्चसहित विद्यालय प्रशासनलाई थप जवाफदेही बनाउन उजुरी पेटिकासमेत वितरण गरेको छ ।

    एक समारोहबीच नगरप्रमुख महेशप्रसाद चौधरीले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । नगरप्रमुख चौधरीका अनुसार यस कार्यका लागि नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको थियो ।

    नगरप्रमुख चौधरीले भन्नुभयो, “सामुदायिक विद्यालयको सुधार नगरी समग्र शिक्षा सुधार सम्भव छैन ।” उहाँकाअनुसार, अघिल्लो आर्थिक वर्षमा ३०० थान डेस्कबेन्च वितरण गरिसकेको र आगामी शैक्षिक सत्रबाट विद्यार्थीलाई कापी र डटपेन उपलब्ध गराउन बजेटको व्यवस्था गरिएको छ । 

    यसका अतिरिक्त, ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत पशुपति आदर्श माध्यमिक विद्यालयलाई रु २० लाख छुट्याइएको छ । प्रविधियुक्त शिक्षणका लागि ३६ थान स्मार्ट बोर्ड वितरण गर्ने हिसाबले खरिद प्रक्रिया सुरु गरिएको छ । भौतिक पूर्वाधारतर्फ, लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय, माध्यमिक विद्यालय पडरिया थारुटोल, लेखनाथ माध्यमिक विद्यालयलगायतमा चारकोठे भवन निर्माण सम्पन्न भइसकेको र आवश्यकतानुसार अन्य विद्यालयमा पनि क्रमशः निर्माण गरिने नगरपालिकाले जनाएको छ । 

    नगरपालिकाले दलित तथा मुसहर विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क ट्युसन कक्षा सञ्चालनको तयारी पनि गरेको छ । माध्यमिक विद्यालय पडरिया थारुटोलका प्रधानाध्यापक मनोज यादवले नगरपालिकाको यस कदमले विद्यालयको शैक्षिक तथा भौतिक वातावरणमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । लहान नगरक्षेत्रमा जम्मा ६१ वटा सामुदायिक विद्यालय रहेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.